arrow

उच्च प्रविधिको क्यामेराले यसरी नाप्दैछ ब्रह्माण्ड

सुपरनोभाबाट पत्ता लगाउन सकिन्छ ब्रह्माण्डको विस्तार

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
hypernova-art_hero.jpg

काठमाडौं । हाम्रो ब्रह्माण्ड यति ठूलो र गतिशील छ कि यसमा निरन्तर केही न केही घटिरहेको हुन्छ । वैज्ञानिकले दिन प्रतिदिन यसको विषयमा नयाँ नयाँ जानकारी जुटाइरहेका छन् । यसै क्रममा १८ सय वर्ष पुरानो सुपरनोभा भेटिएको छ ।

खगोलशास्त्रमा सुपरनोभा वा महानोभा कुनै ताराको भयंकर विष्फोटलाई भनिन्छ । विष्फोटपछि सुपरनोभाबाट निक्लने प्रकाश र विकिरण यति कडा हुन्छ कि केही समयका लागि यसले पूरा आकाशगंगालाई धमिलो बनाइदिन्छ । यसको सहयोगमा बह्माण्ड कुन गतिले विस्तार भइरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ।
 
जापानको कवली इन्स्टिच्युट फर द फिजिक्स एण्ड म्याथमेटिक्स अफ द युनिभर्स (कवली आईपीएमयू) र टोकियो युनिभर्सिटीका शोधकर्ताले विश्वको सबैभन्दा शक्तिशाली क्यामेरा र टेलिस्कोपको डाटाबाट यसको खोज गरेका छन् ।

यो खोजमा ५८ टाइप ला सुपरनोभा (यसमा दुई तारा सँगै हुन्छन् र एक तारा सेता वाम हुन्छ) पनि पाइएको थियो । यो पृथ्वीभन्दा करीब ८ अर्ब प्रकाश वर्ष टाढा छ । सुपरनोभाको टाइप ला निकै उपयोगी मानिन्छ । यसको निरन्तर चम्किने विशेषताले शोधकर्तालाई तारा पृथ्वीभन्दा कति टाढा छ भन्ने कुराको जानकारी पाउन सजिलो हुन्छ । यो विशेषगरी ती शोधकर्तालाई विशेष उपयोगी हुन्छ, जसले ब्रह्माण्डको विस्तारको मापन गर्न चाहन्छन् ।

सुपरनोभा आफ्नो आकाशगंगाको समान चमकदार हुन्छ र छ महीनासम्म यसको चमक सूर्यको भन्दा एक अर्ब गुणासम्म चम्किलो हुन्छ  । यसपछि केही मधुरो हुँदै जान्छ । पछिल्ला केही वर्षमा शोधकर्ताले एक नयाँ किसिमको सुपरनोभाको खोजी गरेका छन् । यो सुपरनोभा टाइप ला सुपरनोभाभन्दा पाँचदेखि १० गुणासम्म चम्किलो हुन्छ । यसको नाम सुपर ल्युमिनस राखिएको छ ।

केही शोधकर्ताहरु यसबारे धेरैभन्दा धेरै जानकारी हासिल गर्ने प्रयासमा छन् । यी ताराको असामान्य चम्किलोपनाको सहयोगमा शोधकर्ताले बह्माण्डको सबैभन्दा टाढा रहेको तारा पनि देख्न सक्छन् । अन्यथा सामान्यरुपमा यो निकै मधुरो हुन्छन् ।

सुपरनोभा निकै दुर्लभ घटना हो र विश्वमा केही टेलिस्कोप मात्र यस्ता छन्, जसले धेरै टाढा रहेको ताराको तस्वीर खिच्न सक्छन् । शोधकर्ताले यो घटनाको तस्वीर खिच्न सुबारु टेलिस्कोप र ८७० मेगापिक्सलको डिजिटल क्यामेराको हाइपर सुपरटाइम–क्यामराको प्रयोग गरिएको छ ।

यो डिजिटल क्यामेराले रातको समयमा एक शटमा व्यापक क्षेत्र क्याप्चर गर्नसक्छ । यिनीहरुको माध्यमबाट छ महीनासम्म लिइएको तस्वीरबाट वैज्ञानिकले सुपरनोभाको विषयमा पत्ता लगाएका थिए । वैज्ञानिकले ५ सुपर ल्युमिनस सुपरनोभा र ४ सय टाइप ला सुपरनोभाको खोज गरेका थिए । यसबाट ५८ टाइप ला सुपरनोभा पृथ्वीभन्दा ८ अर्ब प्रकाश वर्ष टाढा रहेको पाइएको थियो ।

टोकियो युनिभर्सिटीका शोधकर्ताले विश्वको सबैभन्दा शक्तिशाली डिजिटल क्यामेरा र टेलिस्कोपको तथ्यांकको आधारमा यिनीहरुको खोज गरेका हुन् । यी घटनाको तस्वीर खिच्नका लागि लागि सुबारु टेलिस्कोप र ८७० मेगापिक्सलको डिजिटल क्यामेरा हाइपर सुपरटाइम–क्यामको प्रयोग गरिएको थियो । सुपरनोभाको तस्वीरका लागि यो क्यामेरा सबैभन्दा राम्रो मानिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ