arrow

भाजपा नेताले गरे आमाका अगाडि गोली हानेर आत्महत्या

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
Killed.jpeg

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका एक नेताले आफ्नी आमाका अगाडि आफूलाई गोली हानेर आत्महत्या गरेका छन् । 

भाइहरुसंग जमिनको विषयमा विवाद खेपिरहेका उनले आफूलाई नियन्त्रणमा राख्न नसकेपछि गोली हानेर मारेका हुन् । 

१० महिनादेखि जमिनको विवाद चलिरहेको थियो । उनले आफ्नो भाग मागिरहेका थिए । जबकि भाइहरु र उनकी आमाले विरोध गरिरहेका थिए । 

लामो समयको तनावपछि भाजपा नेता ५० वर्षीय नवीन जैनले आफूलाई गोली नै हानेर मारेका हुन् । 

अशोकनगर कोलनीका जैन गान्धीनगर किसान मोर्चाका भाजपा मण्डलका अध्यक्ष थिए । जग्गा विवाद १० वर्षदेखि रहे पनि १० महिनादेखि चरम भएको थियो । 

उनका भाइहरु पवन र पंकजले छोरालाई मार्ने धम्की दिएपछि डराएर बुधबार बिहान स्थानीय समय अनुसार ११ः३० मा उनले आमाका अगाडि गोली हानेर ज्यान लिएका हुन् । 

प्रहरीले यो घटनामा छानबिन गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ