arrow

कतै वीर अस्पताल भ्रष्टाचारीको स्वर्णभूमि त बन्दै छैन ? 

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
bir-hospital.jpg.jpeg

काठमाडौं । नेपालको पुरानो  र ठूलो सरकारी वीर अस्पतालमा भष्टचार सीमा नाघेको छ । कतिसम्म भने अरूमा त कमिशन लिए लिए भएको बजेट ब्यापारीलाई भुक्तानी दिँदै कमिशन लिँदै गर्दा कर्मचारीहरुले तलव भत्ता नै समयमा पाउँदैनन् । 

कमिशनका कारण अस्पतालमा भर्ना भएका बिरामीलाई दिईदै आएको भात, दूध, रोटी तरकारी र मासु पनि घटाइएको छ । आफ्नै मान्छेलाई टेन्डर पार्ने एक पैसामा अण्डा, चना, बिस्कुट, मसला लगायत टेन्डर प्रमाणपत्र नभएकोलाई दिएर विवादित भएको समूह जो यो भन्दा पहिला संगीन  बल्लात्कारी  जोगाउन अस्पतालबाट किर्ते कागज बनाएर अदालतमा पठाउँदा सिआईबिको फन्दामा पनि परिसकेका समूह मध्यैकै हुन् । 
अख्तियार दूरुपयोग अनुसन्धान आयोग, सतकर्ता केन्द्र र उच्च अदालतमा सोधेको भ्रष्टाचारको जवाफ नदिई गुमराहमा राख्दै अर्को जवाफ पठाएर  बसेको छ ।

वीरका भष्टाचारीमाथि प्रधानमन्त्री कार्यालय, अख्तियार, सर्तकता र स्वास्थ्य मन्त्रालय पुनः बिस्तृत छानवीन गर्दैछ र थप आवश्यक कागजपत्र अस्पतालसँग मगाएको छ । 
 
वीर अस्पतालको खरिद एकाई जहाँबाट बार्षिक अर्बौं रूपैयाँको टेन्डर र कोटेशनमा नियम विपरीत काम भैरहँदा २०७४ साउनमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले खरिद प्रमुख भगवती थपलियालाई कारबाहीको सिफारिस गरेको थियो भने २०७५ कार्तिकमा राष्ट्रिय सर्तकता केन्दले पनि सोही महिनाको ६ गते प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाउँदै अनियमितता भएको भन्दै स्वास्थ्य मन्त्रालय र वीर अस्पताललाई खरिद प्रमुख थपलियालाई आबश्यक कारवाही गर्न सिफारिश गरेको थियो ।

सो सम्बन्धमा हाल पनि सर्तकता र प्रधानमन्त्री कार्यालयले ताकेता पत्र पठाइरहेको छ । २०७५ साल कार्तिक १३ गते केन्द्रले  अस्पताल खरिद एकाईबाट भष्टाचार भएको देखिएकाले थप कारबाहीको लागि अख्तियारमा सो प्रतिवेदन पठाएको थियो । 

सो सम्बन्धमा हाल छानवीन भैरहेको अख्तियार प्रवक्ता प्रदिप कोइराला बताउँछन् । अहिले अस्पतालमा सोही समूह मध्येका एक अहेव जो हालैको समायोजनमा ३ न प्रदेशमा परेका छन् २०७२ को महाभुकम्पको समयमा ट्रमा सेन्टरमा औषधि खरिदमा आफु निकट को क्षेत्रपाटीको औषधि पसलसँग २ सय गुणा महंगोमा औषधि खरिद गरेर करोडौं अनियमितता गरेको आरोप लागेका ब्यक्ति हुन् । 

हाल ट्रमा सेन्टरमा प्लाष्टर गर्ने जो बिभिन्न प्लाष्टर कम्पनीसंग कमिशन लिँदै सोही कम्पनीको सामान विरामीलाई किन्न लगाउँछन् ।

सो बिषयमा ट्रमाका एक चिकित्सक भन्छन्– हामीले सिफारिश गरेको औषधि, उपकरण, प्लाष्टरलगायत उनी आफूखुशी मगाएर प्रयोग गर्छन् उनलाई मेडिकल माफियाको सिफारिशमा वीर अस्पतालको मेडिकल बोर्डमा लैजान माफिया मार्फत् वीरका निर्देशकलाई दवाव दिइरहेका छन् । 

समायोजनमा नै बाहिर परेका अर्का अहेव अनुभव नै नभई र बिमा सम्बन्धी तालिम बिनै अस्पताल समन्वय र बिमा शाखामा जान उनै माफिया मार्फत् लागिरहेका छन् भने निर्देशकलाई दिनदिनै दवाव दिइरहेको अस्पताल स्रोत बताउँछ । 

केही समयमा स्वास्थ्यको समायोजनमा बाहिर जाने र विवादित कर्मचारीलाई अस्पतालको मुख्य ठाउँमा पठाउन नहुने अस्पतालको कर्मचारी संघले निर्देशकलाई बताए पनि मेडिकल माफिया र वीरका पुराना भष्ट समुहको अगाडि निर्देशक निरीह बनेका छन् । 

यिनीहरुमाथि अख्तियार, स्वास्थ्य मन्त्रालयमा छानबिनको लागि उजुरी परेको छ भने दुवै निकायले छानबिन थालेका छन् । 


‘सोझो  निर्देशक डाक्टरलाई भष्ट समुहले दवावै दिएर फसाउने भए’ एक बिभागिय प्रमुख भन्छन् । यो समुहका मुख्य नाईके विना योग्यता चार बर्षदेखि खरिदमा बसेर करोडौ भ्रष्टाचार गर्दैआएको स्रोत बताउँछ ।  

उनीमाथि स्वास्थ्य मन्त्रालय, अख्तियार र सर्तकता केन्द्रले पनि छानविन गरिरहेको छ । निर्देशक लाई बाध्य बनाएर अरू कर्मचारी भेट्नै दिइँदैन । 

सबै भ्रष्टचारी र मेडिकल माफियासँग अफिसमा चुकुल लगाएर मात्र बस्न बाध्य पारिएको छ । कर्मचारी  प्रशासनबाट केही काम हुँदैन । सबै भ्रष्टाचारी समुह साँझ ४ बजेपछि निर्देशककोमा बस्छन् । बेलुका ७ सम्म र सबै काम गर्छन् । 

कुन कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने, मालदार ठाउँमा को ल्याउने र कति रकम उठाउने भनेर भित्रभित्रै टेन्डर हुन्छ र बिहान ६ बजे नै आएर पैसा लिएर आन्तरिक सरूवा गर्ने, आफुनिकट मेडिकल माफियाको सामान लिन टेन्डरको कागजपत्र मिलाउने, दर्ता गर्ने, चलानी गर्ने सबै सबै रातिमात्र हुन्छ । 

सो काममा अख्तियार र सर्तकताले कारबाहीको सिफारिश गरेका भगवती, ट्रमा सेन्टरमा ब्यापक भष्टाचार आरोप लागेका कर्मचारी, हिजो सरूवा गर्दा नजाने कर्मचारीहरू मात्र छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ