- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चेङ्दु ।चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पाण्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पाण्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् ।
चेङ्दुस्थित जाइन्ट पाण्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६.८ ग्रामको पोथी पाण्डाको जन्म भएको हो । जी ली नाम दिइएको आमा पाण्डाले बच्चालाई राम्रोसँग हेरचाह गरेको पनि अधिकारीहरुले बताएका छन् । जी लीको यो दोस्रो सन्तान हो । जी ली सन् २००७ मा जन्मिएकी थिई ।
गत वर्षको नोभेम्बरसम्म विश्वभर नै संरक्षित पाण्डाको संख्या ५४८ वटा रहेको छ । हाल विश्वभर दुई हजारभन्दा कम संख्यामा मात्र पाण्डाहरु जंगलमा रहेका छन् । चीनमा सिचुआन र शाङ्सी प्रान्तमा पाण्डा भेटिन्छन् ।