arrow

विवाहको लागि युवकको आमरण अनशन, प्ले कार्ड बोक्दै भने - मेरो आठ वर्ष फिर्ता गर

प्रेमिकालाई गराए विवाहको लागि राजी

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
bibaha.jpg

काठमाडौं । विभिन्न माग पूरा गराउन नेता तथा अन्य व्यक्तिले धर्ना बसेको सुन्दै आएको कुरा हो । तर, एक युवा विवाहको लागि पनि धर्नामा बसेका छन् । डीएनए इन्डिया डटकमका अनुसार पश्चिम बंगालका अनन्ता बर्मन नाम गरेका युवकले धर्ना दिएका प्रेमिकालाई विवाहको लागि राजी गराएका छन् ।

उनी लिपिका नाम गरेकी केटीसँग आठ वर्षदेखि प्रेमसम्बन्धमा थिए । तर, अचानक दुईजनाको बीचमा कुराकानी बन्द भएको थियो । अनन्ताले लिपिकालाई सम्पर्क गर्ने सबै उपाय काम नलागेपछि उनले खोजी शुरु गरेका थिए । यस क्रममा उनले लिपिकाको विवाह अन्तै हुन गइरहेको थाहा पाएका थिए ।

यस्तो कुरा थाहा पाएका अनन्ता लिपिकाको घर पुगेर घरअगाडि भोक हडताल शुरु गरेका थिए । उनले आफ्नो हातमा प्ले कार्ड पनि राखेका थिए, जसमा ‘मेरो आठ वर्ष फिर्ता गर’ लेखिएको थियो ।

अनन्ताको यस्तो गतिविधि देखेर लिपिका र अनन्ताको प्रेमको कुरा सबैतिर फैलिएको थियो । यसै क्रममा प्रहरी पनि धर्नास्थलमा पुगेको थियो । यसै क्रममा लिपिकाको विवाह हुन गइरहेको केटाको परिवार पनि सोही स्थानमा पुगेका थिए । यस विषयम निकै विवाद भएको थियो । तर, अनन्ताले आफ्नो हडताल जारी राख्न अडिग देखिए ।

बिस्तारै अनन्ताको स्वास्थ्य अवस्था पनि बिग्रिन थाल्यो । पछि उनलाई अस्पतालमा भर्ती गराइएको थियो । यो समाचार लिपिकाले सुनेपछि उनी अनन्तासँग विवाह गर्न राजी भएकी थिइन् । तर, उनका परिवारले भने अझै मानेका थिएनन् । स्थानीय मानिसहरुले उनका परिवारलाई पनि सम्झाएका थिए । अनन्ता र लिपिका दुवैको बीचमा अन्तिममा एक स्थानीय मन्दिरमा सबै रीतिरिवाजको साथमा विवाह गराइएको थियो ।

समग्र सामाजिक सञ्जालमा यो विवाहको चर्चा चुलिएको छ । अनन्ताको धर्नालाई लिएर मानिसले उनलाई बंगालको ‘केजरीवाल’को संज्ञा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ