arrow

प्रियंकाले जे गर्न चाहन्थिन् त्यो पाउथिइन् : सलमान

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
Salman-Khan-Priyanka.jpg

काठमाडौं ।  भारतीय अभिनेता सलमान खानको चलचित्र भारतले अहिले बलिउडमा राम्रो व्यपार गरिरहेको छ । चलचित्र निर्माणको क्रममा सलमान खान र प्रियंका चोपडाको सम्बन्धमा त्यतिबेला चिसोपना आएको थियो, जतिबेला उनले निक जोनससँग विवाहको लागि ‘भारत’ छाडेकी थिइन् ।

 प्रियंकाले छाडेपछि उक्त फिल्मका लागि कट्रिना कैफलाई लिइएको थियो । यसै क्रममा सलमानले सधैं प्रियंकाको चर्चा गर्ने गरेका छन् ।

यसैबीच सलमानले फिल्म छाड्ने बेलामा प्रियंकाले भनेको सबै कुराको खुलासा गरेका छन् । प्रियंकाले फिल्म छाड्ने कुरा गर्दा सलमानले फिल्मको मिति पर सार्ने प्रस्ताव पनि गरेका थिए । तर, प्रियंकाले भने विवाहको मिति तय भइनसकेको भन्दै उनको प्रस्ताव अस्वीकार गरेकी थिइन् । पछि अर्पिताले सलमानलाई प्रियंका यो फिल्ममा काम गर्न इच्छुक नभएको जानकारी दिएकी थिइन् ।

सलमान र प्रियंकाको घरमा नै मिटिङ भएको थियो । त्यतिबेला अर्पिता पनि त्यहाँ थिइन् । अर्पिता प्रियंकाकी मिल्ने साथी हुन् । सलमानले आफूले विवाहमा कुनै असर नपर्ने गरी मिति सार्न आफू तयार रहेको बताएका थिए । तर, प्रियंकाले यो प्रस्ताव मानिनन् ।

सलमानले प्रियंकालाई मनाउने धेरै प्रयास पनि गरेका थिए । तर, उनले अफ्नो अडान छाडिनन् । सलमानले मानिसहरु आफ्नो कुनै फिल्म वा अवसर आएको खण्डमा विवाहलाई केही समय पर सार्ने गरेकोमा प्रियंकाले आफ्नो विवाहलाई पहिलो प्राथमिकता दिएको बताए । प्रियंकाले जे गर्न चाहन्थिन्, त्यो पाएको र कट्रिनाले पनि जे गर्न चाहन्थिन् त्यो पाएको सलमानको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ