arrow

विश्व युद्धका सहयोगीबीचको सम्बन्ध ‘अटूट’ रहने

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
world-war-_rememberence.jpg

फ्रान्स । अमेरिका र आफ्ना दोस्रो विश्वयुद्धदेखिका सहयात्रीबीचको सम्बन्ध ‘अटूट’ रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

बिहीबार पश्चिमी यूरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत, क्यानडा र अमेरिकालगायतका राष्ट्रहरूको गठबन्धन भएको दिन ७५ औँ ‘डि–डे’ का अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन र यसका दोस्रो विश्व युद्धका सययोगीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

उनले भने, “हाम्रा सबै मित्र तथा साझेदार, विश्व युद्धको उत्कर्षको तापकाबीच बनेको हाम्रो सहकार्य युद्धका समय परीक्षण भइसकेको छ र यो विश्व शान्तिका लागि आशिर्वाद बनेको थियो ।” उनले थप्नुभयो, “हाम्रो सहकार्य अटूट छ ।”

उक्त कार्यक्रममा बोल्दै फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले खुला विश्वका लागि सहकार्य जरूरी रहेको भन्दै यसका लागि सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्नेमा जोड दिए । म्याक्रोँले भने, “हामीले खुला विश्वका लागि सहकार्यलाई निरन्तरता दिनुपर्छ ।”

ट्रम्पले निरन्तर रूपमा आलोचना गर्दै आएका विश्वमा प्रभावकारी भूमिका खेल्दै आएका बहुपक्षीय अन्तराष्ट्रिय संगठनहरू, संयुक्त राष्ट्रसंघ, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) तथा यूरोपेली संघ (इयू) को उदाहरण प्रस्तुत गर्दै म्याक्रोँले भने, “जुन उद्देश्यबाट यी संगठनको निर्माण भएको थियो त्यसका लागि उनीहरूलाई क्रियाशिल पार्न जरूरी रहेको छ ।”

समारोहलाई एक भब्य राजनीतिक प्रतीक, एकता प्रदर्शनका अवसरकारूपमा हेरिएको छ  किनकि पछिल्लो समय अमेरिका र यूरोप यसमा पनि खासगरी ट्रम्प र म्याक्रोँबीच विविध बिषयमा वैचारिक भिन्नता देखिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ