arrow

वालिङमा बैंकर्स क्लवको गठन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ जेठ २३ बिहिबार
bankers.jpg

स्याङ्जा । जिल्लाकै वित्तिय क्षेत्रको राजधानीको रुपमा रहेको वालिङमा बैंकर्स क्लव गठन गरिएको छ । बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितको प्रर्बद्धन गर्ने र यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई अन्त्यगरि स्वस्थ बैंकिङ समाजको निर्माण गर्ने उद्देश्यले बैंकर्स क्लव गठन गरिएको हो ।

 स्याङ्जा जिल्ला वालिङ नगरपालिका अन्तर्गत रहेका बैंक तथा वित्तिय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रतिनिधित्व गर्ने क्लव गठन गरिएको बताइएको छ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खांणको विशेष उपस्थितीमा कैलाश विकास बैंक लिमिटेडका शाखा प्रबन्धक मोतिलाल कुँवरको अध्यक्षतामा ७ सदस्यीय बैंकर्स क्लव वालिङको गठन गरिएको छ ।

उक्त क्लवको उपाध्यक्ष कृषि विकास बैंकका विश्वराज मरासिनी, सचिवमा गरिमा विकास बैंकका बासुदेव पौडेल, कोषाध्यक्षमा गण्डकी विकास बैंकका प्रमुख चक्रपाणी बस्याल र सदस्यहरुमा जनता बैंकका रामबहादुर क्षेत्री, ज्योति विकास बैंकका कृष्ण प्रसाद काफ्ले र पोखरा फाईनान्सका रमेश प्रसाद पौडेल रहेका छन् ।

उक्त संस्थाले आफ्नो उद्देश्यका साथै यस वालिङ नगर क्षेत्र लगायत आसपास क्षेत्रमा रहेका नगरपालिका लगायत अन्य संघ संस्थाहरु संग सहकार्य गरि समय समयमा वित्तीय साक्षरता कार्यक्रमहरु संचालनगर्ने निर्णय गरेको छ । वालिङमा हाल १४ ओटा कर्मसियल, ६ ओटा विकास बैंक र १ फाइनान्स बैंक रहेका छन् । बैंकर्स क्लव स्थापना गरिएपछि बैकिङ् सेवामा स्वस्थ्य प्रतिपस्धा हुने विश्वास लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ