arrow

कांग्रेसका १२ विधायकले पार्टी त्यागे, भन्छ – दिनदहाडै लोकतन्त्रको हत्या भयो 

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
congress-telangana.jpeg

काठमाडौं । भारतीय कांग्रेसलाई एकपछि अर्को झड्का लाग्दै गएको छ । लोकसभा चुनावमा बेहोरेको हार सेलाउन नपाउँदै भएका आफ्ना विधेयकले पनि पार्टी छाड्दै गएपछि कांग्रेसलाई झड्का लागिरहेको हो । 

तेलंगानाका १२ विधायकले पार्टी छाडेका छन् । विधानसभा सभामुख पी श्रीनिवास रेड्डीले बिहीबार पार्टीका १२ विधेयकले सत्ताधारी तेलंगाना राष्ट्र समिति टीआरएसमा विलय हुने अनुमति दिएका छन् । 

विधायकहरुले सभामुखसंग भेट गरी टीआरएसमा विलय हुन माग गरेका थिए । कांग्रेसले भने यसलाई लोकतन्त्रको हत्या भएको बताएको छ । 

कांग्रेस प्रवक्ता पवन खेडाले जसरी यिनीहरुले जनादेश र नियम कुल्चेका छन् यो दिनदहाडै लोकतन्त्रको हत्या हो । देशले यसलाई कहिल्यै भुल्ने छैन ।’

गत डिसेम्बरमा भएको ११९ विधानसभा चुनावमा तेलंगानामा कांग्रेसले १९ सिट जितेको थियो । 

तेलंगाना कांग्रेस अध्यक्ष उत्तम रेड्डीले नालगोंडाबाट लोकसभा चुनाव जितेपछि विधानसभाबाट राजीनामा दिएका थिए । 

यसरी १८ विधायकमात्र बाँकी रहेका बेलामा दुई तिहाई कांग्रेसले छाडेपछि तेलंगानामा कांग्रेस अलपत्र परेको छ । 

कांग्रेसका मात्र ६ विधायक बच्दा अब विपक्षी दल पनि बन्न पाएन । एआईएमआईएमसंग ७ तथा भाजपासंग एक सिट विधायक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ