- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा राजीव गान्धी हत्याकाण्ड अहिलेसम्मकै सबैभन्दा जटिल र चर्चित घटनामध्येको एक हो । भारतीय इतिहासमा रुचि राख्ने जो कोहीका लागि यो घटना निकै चासोको विषय हो । मानिसको यस विषयमा देखिएको रुचिलाई ध्यानमा राख्दै एक नयाँ शो बन्न गइरहेको छ । यो शोको नाम केस फाइल्स राखिएको छ ।
स्रोतका अनुसार यो शो शुरु हुनुभन्दा पहिला नै यसको केही सिजन्सको तयारी चलिरहेको हो । वेब शो मुलुकको सामाजिक राजनीतिक र आर्थिक मामिलामा प्रभाव पुर्याउनेले फरक फरक आपराधिक मामिलामा हुनेछ ।
जानकारीअनुसार दिल्लीका चर्चित अफिसर रहेका आमोद कण्ठ पनि यो वेब शोको माध्यमबाट उक्त घटनामा जोडिएका छन् । वेब सिरिजको पहिलो भागमा राजीव गान्धी हत्याकाण्डको विषयमा देखाइनेछ । दोस्रो भागमा १९९२ मा बाम्बे स्टक एक्सचेन्जमा भएको हवाला घोटलाका मुख्य आरोपी हंसल मेहता र यो मुद्दासँग जोडिएका केही नसुनिएका तथ्यहरु पनि देखाइने छ ।