arrow

मन्जन राखेर युट्युब स्टारले खुवाए बिस्कुट, अदालतले सुनायो डेढ वर्षको जेल सजाय

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
bis.jpg

काठमाडौं । स्पेनको अदालतले युट्युब स्टार कंघुआ रेनलाई डेढ वर्षको जेल सजाय सुनाएको छ । उनले घरबार नभएका गरीब व्यक्तिलाई दुख दिएको भन्दै उक्त सजाय सुनाइएको हो । यसका साथै उनलाई २२ हजार डलर जरिवानास्वरुप बुझाउन निर्देशन दिइएको छ । सजायको रुपमा रेनको युट्युबसहित सबै सामाजिक सञ्जालको खाता पनि ५ वर्षका लागि बन्द गर्न आदेश दिइएको छ ।

यो मामिला २ वर्ष पुरानो हो । रेनले स्पेनको बार्सिलोनामा प्रांक (मजाक) गर्नका लागि बिस्कुटको एक प्याकेट खरीद गरेका थिए । सबै बिस्कुटको क्रिम निकालेर त्यसमा उनले मन्जन लगाएर प्याकेटलाई पुनः बन्द गरेका थिए । यो प्याकेट जर्ज नाम गरेका घरवारविहीन गरीबलाई दिएका थिए ।

रेनले जर्जको बिस्कुट खाइरहेको भिडियो पनि बनाइरहेका थिए । यसैबीच जर्जको अवस्था बिग्रिएको थियो र उनले बिस्कुट फ्याँकेका थिए । यो देखेर रेनले आफूले सीमा नाघेको अनुभूति भएको बताएका थिए । तर, सकारात्मक कदमको रुपमा उक्त गरीब व्यक्तिको दाँत सफा हुने र डेन्टिस्टकहाँ जानुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।

रेनले आफ्नो च्यानल रिसेटबाट भीडियोमा २ हजार २ सय डलर कमाएका थिए । तर, यो भिडियो भाइरल भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो । साथै, उनीमाथि नैतिकताविरुद्ध अपराध गरेको आरोप तय गरिएको थियो । उनीमाथि प्रांकमा स्कुलको बालबालिका र ठूला मानिसलाई बिरालोको मल खुवाउने आरोप पनि लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ