arrow

घरबाट निस्किने प्लास्टिक फोहोरबाट बन्नेछ जेट इन्धन, वैज्ञानिकले पत्ता लगाए उपाय

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
jet-fuel-from-plastic-waste.jpg

काठमाडौं । वैज्ञानिकले घरबाट निस्किने प्लाष्टिकको फोहोरबाट मुक्ति पाउने अनौठो उपायको खोजी गरेका छन् । वैज्ञानिकले नयाँ प्रविधिको प्रयोग गरी प्लाष्टिक फोहोरबाट जेट इन्धन बन्न सक्नेछ ।

अमेरिकाकमा वाशिङटन स्टेट युनिभर्सिटी (डब्ल्यूएसयू)का शोधकर्ताले जेट इन्धन उत्पादनका लागि प्लाष्टिक फोहोरलाई सक्रिय कार्बनको साथमा उच्च तापमानमा प्रशोधन गरिनेछ । डब्ल्यूएयसयूका एसोसिएट प्रोफेसर हनवु लेईले विश्वभर बढ्दो प्लास्टिक फोहोर एक ठूलो समस्या रहेको बताएका । यस किसिमको फोहोरलाई पुनप्र्रयोग गरेर उपयोग गरेर उपयोगमा ल्याउने सबैभन्दा राम्रो तरिका विकसित गरेका छन् ।

एप्लाइड इनर्जी जर्नलमा प्रकाशित शोधमा यो प्रविधिमा कम घनत्वको पोलिथिन, पानी र दूभको बोतल, प्लाष्टिक ब्यागआदिलाई तीन मिलिमिटरसम्मको साना टुक्रामा काटिनेछ । त्यसपछि प्लास्टिकको यस किसिमको फोहोरलाई एक ट्युब रियाक्टरमा ४ सय ३० डिग्री सेल्सियसदेखि ५ सय ७१ डिग्री सेल्सियसको तापमानमा सक्रिय कार्बनभन्दा माथि राखिन्छ ।

कार्बन एक उत्प्रेरक हो, यसले रसायनिक क्रियालाई बढावा दिन्छ । प्लाष्टिकको रसायनिक बोन्ड तोड्नु निकै कठिन हुन्छ, त्यसैले उत्प्रेरकको प्रयोग गरिन्छ । प्लाष्टिकमा धेरै हाइड्रोजन हुन्छ, जुन इन्धनको लागि निकै महत्वपूर्ण हुनेछ । यो तापक्रममा जब कार्बनले उत्प्रेरकले काम गर्छ, प्लाष्टिकका रसायनहरु अलग–अलग हुन्छन् । विभिन्न तापक्रममा फरक फरक उत्प्रेरकको साथमा परीक्षण गरेपछि शोधकर्ताले ८५ प्रतिशत जेट इन्धन र १५ प्रतिशत डिजेल इन्धन प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ