arrow

राष्ट्रिय ट्रमा सेन्टरमा विरामी ठगिदै, युनिट २ मा सीमा नाघ्यो

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
trauma-centre.jpg

काठमाडौं। देशको एक मात्र राष्ट्रिय गौरवको ट्रमा सेन्टर हाल केही काज र करारका चिकित्सक कमाउ धन्दामा लागेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत सन्चालित ट्रमा सेन्टर ०७२को महाभुकम्प पछि नियमित संचालनमा छ। तत्कालीन उपकुलपति डा गणेश गुरुङले उपकरण खरिद र अनियमित कर्मचारी भर्ना गरेका कारणले अहिलेसम्म पनि सेन्टरको अबस्था धराशायी रहेको हो।

विरामीको उपचारमा प्रयोग हुने मेडिकल औजारहरू किला काटा, पाता पेंच र औषधी तथा बेहोश गराउने औषधीमा आफुलाई कमिसन दिने कम्पनीको मात्र औषधी प्रयोग गर्ने बाध्य बनाउने र सो सामान बजार मुल्य भन्दा धेरै महङ्गो भएको कर्मचारीहरू बताउँछन्। सो सामानको मुल्य विरामीलाई थाहा नै हुदैन। अपरेशन गर्ने अघिल्लो दिनको साँझ मात्र हतार हतारमा जबरजस्ति किन्न बाध्य पारिन्छ।अस्पतालको औषधी पसलमा सो सामान राख्न दिईदैन। विरामीलाई गुमराहमा राखेर गरिने यो काममा डा गौरव राज ढकाल लगायत संलग्न रहँदै आएका छन्।  उनिहरूकै मिलेमतोमा ट्रमा सेन्टरमा बिरामी दिनदहाडै ठगिएपनि कोही बोल्न सक्दैनन्।

निर्देशक डा प्रमोद यादव पनि उनिहरूको कार्यदेखि आजित भएपनि त्यसलाई रोक्न सकेका छैनन। उनिहरुलाई ठूला राजनैतिक नेताको आर्शीवाद रहेका कारण सबैले आँखा चिम्लिएका छन्। उनीहरुले नै अपरेशन सहायक र आइ सि यु, एनेस्थीसिया ऐसिस्टेट बनाउने तामिल भनेर इनलाईट भन्ने संस्थाबाट बिद्यार्थी ल्याएर उनिहरूसँग प्रति बिद्यार्थी ४ हजार प्रति महिना लिएपनि ट्रमा सेन्टरमा भने एक पैसा पनि बुझाएका छैनन। २४ महिनादेखी सो काम चलिरहेको छ। अस्पताललाई शुल्क केहि नबुझाएपनि विद्यार्थीसँग एक महिनाको ४ हजारका दरले उठाएको रकमको चर्चा एककान दुईकान हुँदै शुरु भएको छ। 

वर्तमान उपकुलपति र ट्रमा निर्देशकले सो विषयमा कुरा उठाउँदा निर्देशकको जागिरै खाई दिन्छु भन्दै धम्की दिएका छन्। अनि भीसी र निर्देशककोमा आफुले गरिरहेको काम र नियमविपरित सेन्टरमा तालिम गराउने काम रोक्न पाइन्न भन्दै माग गरिरहेका छन्। एक पुराना कर्मचारी भन्छन ट्रमामा ठूलो भ्रष्टाचार छ। महङ्गो सामान अस्पतालको औषधी पसलमा राख्न पाइन्न भन्छन भने सो सामान सिन्धु सर्जिकल त्रिपुरेश्वरसँग मात्र लिनुपर्ने र मेडिटोनिक कम्पनीको मात्र प्रयोग गर्नुपर्ने माग ट्रमा सेन्टरमा प्रभाव राख्ने सो समुहको माग छ। सो सामान बजारमा अन्य कम्पनीको भन्दा चार गुणा बढी महङ्गो छ। डा गौरव करारको डाक्टर हुन। उनि ट्रमामा आएका विरामीलाई बेड छैन भनि बाहिर रिफर गर्दे निजीमा पठाउँदै दिउसै निजीमा गएर अपरेशन गर्ने गरेको आरोप पनि छ ।

स्वास्थ्य मन्त्रालयबाट मेरुदण्डका बिरामी दिईने एक लाख रूपैयाँको अनुदानमा औषधि प्रयोग नभए पनि औषधि प्रयोग भयो भन्दै नक्कली बिल बनाएर मन्त्रालयसँग सो बराबरको पैसा लिइरहेको समेत एक बरिष्ठ चिकित्सकले जानकारी दिएका छन्। उनी भन्छन स्वास्थ्य मन्त्रालय र अख्तियारले छानविन गर्ने हो भन्दै सबै दुधको दुध पानीको पानी थाहा हुन्छ। महालेखाको प्रतिवेदन २०७४र२०७५ ले पनि ट्रमा सेन्टरमा अनियमित कर्मचारी भर्ना र उपकरण खरिदमा भष्टाचार भएको स्पष्ट भनेको छ भने सर्तकता केन्दको प्रतिवेदन २०७५ले पनि कमिसनको लागि उपकरण खरिद गर्ने तर प्रयोग नगर्ने गरेको भन्दै तत्कालीन निर्देशक डा प्रमोद उपाध्याय र भीसी डा गणेश गुरुङलाई कार्वाहीको सिफारिस गरेको थियो तर हालसम्म उनीहरुलाई कुनै कारवाही भएको छैन। 

वहालवाला निर्देशक निकट स्रोत भन्छ नयाँ निर्देशक आएपछि उनले बिगतमा भएको अनियमितता रोक्न खोज्दा सो समुहले अस्पताल संचालनमा असहयोग गरेको छ। कहिले आइसियु बन्द गर्दिने, कहिले भेन्टीलेटरको तार बिगार्ने, कहिले सिटी मेसिन बिगार्ने, बिरामीलाई सस्तोमा औषधी उपलब्ध गराउन टेन्डर गर्ने खोज्दा सो समुह आएर टेन्डर नगर्न भन्दै निर्देशकलाई धम्काउने गरेको प्रसाशनका कर्मचारी बताउँछन्। उनिहरूले ट्रमालाई आफ्नो दुहुने गाई बनाई रहेको समेत आरोप छ। यो समुह नियमित अपरेशनमा ध्यान नदिइ इएचएस सेवामा मात्र बिरामीको अपरेशन गर्न खोज्छन् ।

ट्रमाको युनिट दुईमा मात्र देखिएको यो गतिविधी र विकृतीको तत्कालै छानविन गरी कारबाई गर्न कर्मचारीहरुले माग गरेका छन्। स्पाइन अपरेशन गर्दा विरामीलाई चार पाँच लाखसम्म लिने गरिएकोमा अन्य डाक्टर र कर्मचारीले बिरोध गरे पछि हाल १ देखि डेढ लाखसम्ममा अपरेशन हुन थालेको छ। अहिले पनि सस्तो औषधी र उपकरण महंगोमा ट्रमामा प्रयोग हुने गरेको आरोप पनि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ