arrow

माल्दिभ्स भ्रमणमा जाँदै मोदी, चीनको प्रभाव घटाउने प्रयास 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ २५ शनिबार
Modi.png

काठमाडौं । नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश यात्रामा माल्दिभ्स र श्रीलंका जाँदैछन् । शनिबार मोदीले माल्दिभ्सको संसदमा पनि सम्बोधन गर्नेछन् । मोदी दोस्रोपटक माल्दिभ्सको यात्रामा जान लागेका हुन् । यसअघि गत वर्ष राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको सपथ ग्रहण समारोहमा मोदी माल्दिभ्स पुगेका थिए । यसअघि सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेसँगै मोदी भुटान भ्रमणमा गएका थिए । 

चीनलाई कमजोर गर्न माल्दिभ्स जरुरी 

विश्लेषकहरुले माल्दिभ्स भारतको सुरक्षा र नीतिगतरुपमा निकै महत्वपूर्ण मुलुक हो । भारत माल्दिभ्ससँग मिलेर हिन्द महासागरमा नयाँ रणनीति तयार गर्ने योजनामा अघि बढिरहेका छन् । भारतलाई दक्षिण एसियामा बलियो बन्न पनि माल्दिभ्सको साथ आवश्यक छ । यस्तोमा भारतलाई माल्दिभ्समा चीन र पाकिस्तानको प्रभाव पनि कमजोर हुनसक्ने बताइएको छ ।

पछिल्लो समय दक्षिण एसियाली मुलुकमा चीनले आफ्नो लगानी बढाइरहेको छ । यस्तोमा चीनको आर्थिक प्रभाव पनि कम हुने अनुमान गरिएको छ । माल्दिभ्सको विषयमा पाकिस्तान पनि प्रभावित हुनसक्ने बताइएको छ । माल्दिभ्सको माध्यमबाट चीन भारतलाई धेर्ने योजनामा छ । 

भारतसँगको सम्बन्धमा सुधार 

पछिल्लो केही वर्षयता भारतको माल्दिभ्ससँगको सम्बन्ध बिग्रिएको थियो । पूर्वराष्ट्रपति अब्दुल्लाह यामिनको सरकारमा भारतको माल्दिभ्सको सम्बन्धमा चिसोपना आएको थियो । यामिनको झुकाव चीनतर्फ थियो । चीनले माल्दिभ्सको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो । 

माल्दिभ्सले भारतले दिएको जलसेनाको विमान पनि फिर्ता गर्ने निर्णय गरेको थियो । सन् २०१८ को नोभेम्बरमा भारत समर्थित सोलिह आएसँगै भारतसँगको सम्बन्धमा सुधार आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ