arrow

भाजपा र तृणमूलबीच भिडन्त, गोली लागेर चारको मृत्यु 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
india-violence.jpeg

काठमाडौं । भारतस्थित पश्चिम बंगालमा लोकसभा चुनावका बेलादेखि सुरु भएको हिंसात्मक घटना अझै रोकिएको छैन । 

परगना जिल्लामा शनिबार बेलुकी भारतीय जनता पार्टी भाजपा र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ३ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको छ । 

तीन जना घाइते भएका छन् । पुलिसले यसबारेमा केही बोलेको छैन । भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको झण्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको बताएका छन् । 

उनको दावी छ कि थप दुई जनाको पनि मृत्यु भएको खवर आए पनि शव अझै भेटिएको छैन । 

घटनाको जानकारी गृहमन्त्री अमित शाहलाई दिइसकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ