arrow

पाकिस्तानमा १३ वर्षीया हिन्दू बालिका बलात्कृत 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार

काठमाडौं। पाकिस्तानको सिन्ध प्रान्तमा १३ वर्षीया हिन्दू बालिका बालात्कृत भएकी छिन्। स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार दुई व्यक्तिले उनलाई जबर्जस्ती रक्सी खुवाएर बलात्कार गरेका हुन्।

शनिवार सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार यो घटना ताँदो मोहम्मद खान जिल्लामा गत बिहीबार घटेको हो। बालिका किराना पसलमा केही सामग्री किन्न गएको अवस्थामा दुई व्यक्तिले उनलाई जबर्जस्ती रक्सी खुवाएका थिए। त्यसपछि उनीहरुले बालिकालाई बलात्कार गरेको पाकिस्तानको सञ्चारमाध्यम द डनले बताएको छ। 

बालिका घर नफर्केपछि उनका पिता र दाजुले उनको खोजी गर्दा उनी चिनी मिल नजिकैको चउरमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनका पिताले अदालतमा बलात्कारको मुद्दा दायर गरेका छन्। उनीहरुलाई चार दिन प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको छ। 

प्रहरीले प्ररम्भिक अनुसन्धानपछि दुई आरोपीलाई पक्राउ गरेको छ। बालिकाको स्वास्थ्य परीक्षणपछि डक्टरहरुले पनि बालिकाको बलात्कार भएको पुष्टि गरेका छन्। तर, अझै अन्तिम रिपोर्ट भने आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ