arrow

मोवाइलको नेटवर्क खोज्न डाँडातिर कुद्छन् बोङगाखानीका स्थानीय

logo
कौरव खत्री,
प्रकाशित २०७६ जेठ २६ आइतबार
begkhani-baglung.jpg

बाग्लुङ्ग । बाग्लुङ्गको तमानखोला गाउँपालिका वडा नं २ बोङगाखानी र वडा नं १ को केहि भू –भागमा मोवाइल सेवाको पहुँच नहुँदा स्थानियले सास्ती खेप्दै आईरहेका छन । नेपाल टेलिकम र प्राईभेट कम्पनी एनसेलको त्यहॉ अहिलेसम्म नेटवर्क विस्तार हुन सकेको छैन जसका कारण मोवाइलमा नेटवर्क खोज्न माथी डाँडातिर धाउनु पर्ने बाध्यता रहेको मंगला आधारभुत विद्यालय बोङगाखानीका प्रधानध्यापक लेख बहादुर छन्त्यालले जानकारी दिए।

छन्त्यालका अनुसार छिमेकमा अफ्ठ्यारो पर्दा होस या मानिस विरामी पर्दा होस मोवाइलको नेटवर्क नहुँदा सञ्चारको लागि यो क्षेत्रला निकै समस्या छ । भौगोलिक विकटता र दुर्गम क्षेत्र भएकोले पनि यस क्षेत्र पछि परेको स्थानिय समाजसेवी देव बहादुर विश्वकर्माले बताए ।
 
२१ औं सताब्दीको डिजिटल युगमा पनि हामी मोवाइल नेटवर्कको पहुँच भन्दा बाहिर छौं जसले गर्दा अनेक समस्या झेल्नुपरेको छ । मोवाइल नेटवर्क नहुँदा तमानखोला गाउँपालिका वडा नं २ को बोङगाखानी, पहिरा, सेन्नामा, पुरानो गाउँ, लामाचौर, गाई लुकाउने र लसुने गाउँका झण्डै २ सय घरधुरीले सास्ती खेप्दै आईरहेका छन ।

 यता नेपाल टेलिकम बागलुङले विकटमा पनि मोवाइल सेवा विस्तारलाई प्राथमिकतामा राखी विस्तार कार्य तिव्र रुपमा अगाडी बढाईएको जनाएको छ । नयॉ स्थानमा सेवा विस्तार सँगै उच्च गतिको डाटा सर्भिस थ्रिजी विस्तार कार्यलाई समेत तिव्र पारिएको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

बागलुङ जिल्लाका अधिकांश भू –भागमा टेलिकमको टुजी र थ्रिजी सेवा विस्तार भएको छ र बॉकी रहेका थप स्थानमा समेत क्रमश सेवा विस्तार  गरि गुणस्तरिय सेवा प्रदान गर्न नेपाल टेलिकमले गृहकार्य गरिरहेको शर्माले बताउए। त्यस क्षेत्रलाई सञ्चारको पहुँचमा जोडन छिटै सर्भे गरि सेवा विस्तार गर्न आवश्यक प्रकृया अगाडी बढाईने टेलिकमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ