arrow

व्यवस्थापन र प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
mega-collage.jpg

ललितपुर। ललितपुरको मेगा नेशनल कलेजको आयोजनामा ‘व्यवस्थापन र प्रविधिका सम्भावना तथा चुनौती विषयक’अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आइतबार सकिँदैछ। कुमारीपाटीस्थित मेगा कलेजमा जारी दुई दिने सम्मेलनमा सम्मेलनमा भारत, चीन, बेलायत, फ्रान्स, जर्मनी र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु सहभागी छन्।

आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले, ‘नेपालको नीजि शिक्षण संस्थाको अगुवाईमा राष्ट्रलाई नै उपयोगी हुने व्यवस्थापन र प्रविधि सम्बन्धी सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनले, प्रत्यक्ष रुपमा २५ सय विद्यार्थीलाई सहयोग पुग्ने र समग्रमा मुलुकले नै फाइदा लिनसक्ने, उनको भनाइ छ। सम्मेलनमा ४० भन्दा बढी विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ। व्यवस्थापन र प्रविधिको बारेमा ज्ञान हासिल गर्न चाहने जोकोहीलाई मद्दत पुग्नेछ।’,साहको भनाई छ। सम्मेलनकै क्रमा मेगा कलेजको अनुसन्धानमुलक ‘जर्नल अफ मेगा एकेडेमिक रिसर्च’ पनि सार्वजनिक गरिएको छ।

सम्मेलनमा बोल्दै शिक्षा सचिव सचिव पदमप्रसाद पाण्डेले नीजिस्तरमा आयोजित यो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले, कुशल व्यवस्थापन र प्रविधिको प्रयोगबारे भएका खोज अनुसन्धानलाई मुलुकको शैक्षिक क्षेत्रमा उपयोग गरी दक्ष जनशक्ति तयार पार्न सहयोग पुग्ने बताए।

सरकार र नीजि क्षेत्र दुवैले व्यवस्थापन र प्रविधि क्षेत्रमा भोगेका समस्याहरुको समाधान खोज्न, यो सम्मेलन सार्थक बन्ने उनको भनाइ थियो। सम्मेलनमा, भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले भारतमा व्यवस्थापनको सवाल, लण्डन विश्वविद्यालयका जोए फोस्टर इलिसले विश्वव्यापी शिक्षाका चुनौती, फ्रान्सको बोडेउक्स विश्वविद्यालयका डोमेनिक बुर्रेले प्राविधिक शिक्षाको असर, जर्मनीका प्राध्यापक म्यानफ्रेड ट्रेउले नेपाल र जर्मनीका सन्दर्भमा विज्ञान प्रविधि शिक्षासम्बन्धी विषयमा धारणा राखेका थिए। सम्मेलनमा व्यवस्थापन संकायका विद्यार्थी, अध्यापक तथा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि सहभागी छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ