arrow

इटहरीका मेयरले गरे आत्मालोचना, अब त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
dwarikalal-chaudhari.jpg

काठमाडौं । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आत्मालोचना गर्दै आफूले पत्रकारलाई दिएको आपत्तिजनाक अभिव्यक्तिप्रति दुख व्यक्त गरेका छन् । केही दिनअघि एक स्थानीय पत्रकारलाई आपत्तिजनक शब्दमा धम्की दिएका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले त्यो अभिव्यक्ति आक्रोशको समयमा दिईएको भन्दै आफ्नो नियत पत्रकार र सञ्चार जगतको अपमान गर्ने नरहेको स्पष्ट पारेका छन् । 

इटहरीका पत्रकार विराट अनुपमलाई फोन मार्फत् धम्की दिँदै नाकको डाँडी भाँच्ने भनेपछि विवादमा आएका चौधरीले आफ्नो भनाई फिर्ता लिन माग गर्दै पत्रकार महासंघ पनि आन्दोलनमा उत्रिएको छ । महासंघले मेयर चौधरीको धम्कीपछि पत्रकारहरु मेयरसँग असुरक्षित रहेको भन्दै इटहरी उपमहानगरपालिकाको सबै कार्यक्रमहरु बहिस्कार गर्ने निर्णय गरेको थियो । 

मेयर चौधरीले जारी गरेको विज्ञप्तीमा आफ्नो पत्रकारहरु र सञ्चार जगतलाई चोट पुर्याउने कुनै पनि मनसाय नरहेको भन्दै आगामी दिनमा यस्ता व्यवहार नगर्ने प्रतिवद्धता समेत गरेका छन् । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ