- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई नेसन्स लिग फुटबलको उपाधि दिलाएका छन् । आइतबार राति भएको फाइनलमा नेदरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो ।
रोनाल्डोको कप्तानीमा मैदानमा उत्रेको पोर्चुगलको जितमा गोन्कालो गुएडेसले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । उनको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।
तेस्रो स्थान इंगल्याण्डलाई
तेस्रो स्थान इंगल्याण्डले ओगटेको छ । तेस्रो स्थानका लागि भएको भिडन्तमा इंगल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै इंगल्याण्ड तेस्रो भएको हो ।
निर्धारित ९० मिनेटको खेल र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा इंगल्याण्डले बाजी मार्यो ।
ह्यारी मागुइरे, रोस बार्कली, जाडोन सान्चो, रहिम स्टर्लिङ, जोर्डन पिकफोर्ड र एरिक डायरले गोल गरे ।
स्वीट्जरल्याण्डका लागि जोसिप डार्मिक गोल गर्न असफल भए पछि हार्न पुग्यो ।