arrow

सारेगमप लिटिल च्याम्पमा प्रितम तेस्रो र आयुष चौथोमा सीमित, पाए भगवानकै रुपको उपमा

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
saregamapa.JPG

काठमाडौं । भारतीय मनोरञ्जनपूर्ण टेलिभिजन जी टीभीको रियालिटी शो कार्यक्रम सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो स्थानमै सीमित भएका छन् । 

आइतबार राति भएको ग्राण्ड फिनालेमा प्रितम तेस्रो भएका हुन् । ६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने विश्वास गरिएका प्रितम तेस्रो हुँदा अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।

११ वर्षीय प्रितम सुनसरीको इटहरी उपमहानगरपालिका –५ का हुन् भने आयुष भक्तपुरका हुन् । प्रतियोगिता नजिते पनि ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने दुवैले जित्न सफल भएका छन् ।

आइतबारको ग्राण्ड फिनालेमा वरिष्ठ गायक कुमार सानु र कविता कृष्णमूर्तिले प्रितम र आयुषलाई भगवानको अवतारका रुपमा धर्तीमा आएको भन्दै आफूहरु धन्य भएको प्रतिक्रिया दिएका थिए । 

सारेगमपको उपाधि भने सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् ।

६ जना नै विजेता भएको भन्दै उपस्थित जज तथा पाहुनाहरुले प्रतिक्रिया दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ