arrow

वरिष्ठ लेखक तथा अभिनेता गिरीश कर्नाडको निधन

सलमान खानका हाकिम थिए गिरीश

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
girish-karnad.jpg

काठमाडौं । वरिष्ठ अभिनेता तथा नाटककार गिरीश कर्नाडको सोमबार बिहान निधन भएको छ । उनी ८१ वर्षका थिए । 

उनी लामो समयदेखि बिरामी थिए । उनी निधन हुँदा बैंगलुरुमा थिए । उनको निधनले बलिउड शोकमा डुबेको छ । 

१९ मे १९३८ मा जन्मिएका गिरीशलाई भारतमा गनिएका समकालीन लेखक, अभिनेता, फिल्म निर्देशक तथा नाटककारका रुपमा पनि जानिने गरिन्छ । 

गिरीशले सलमान खानको ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरेका थिए । दुवै फिल्ममा उनी सलमान खानका हाकिम थिए । उनलाई पद्म श्री र पद्म भूषण पदकबाट सम्मान गरिएको थियो । 

उनमा हिन्दीसंग कन्नड र अंग्रेजी भाषामा पनि राम्रो दख्खल थियो । उनी एफटीआईआई पुणेमा डाइरेक्टर, संगीता नाटक एकेडेमी तथा नेशनल एकेडमी अफ पफर्मिङ आर्टसका प्रमुख पनि भएका थिए । 

उनको अपरान्ह ४ बजेपछि अन्तिम संस्कार गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ