arrow

चीनसंग सुपुर्दगीको विरोध गर्दै १० लाख मानिस सडकमा 

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
hongkong-agitation.jpg

काठमाडौं । हङकङमा १० लाख मानिस सडकमा उत्रेर प्रदर्शन गरेका छन् । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा त्यहाँका नागरिकले प्रदर्शन गरेका हुन् ।

हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । सोही व्यवस्थाको विरोध गर्दै प्रदर्शन भएको हो ।

प्रदर्शनीमा व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर सहभागी थिए ।

उनीहरुले १० लाख सडकमा उत्रिएको दावी गरे पनि प्रहरीले भने दुई लाख ४० हजारको संख्यामा सडकमा उत्रेको दावी गरेको छ । 

चीनको सरकारी मिडियाले भने प्रदर्शनकारीहरुका पछाडि कुनै विदेशी शक्तिको हात भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ