arrow

शौचालय सम्झिएर महिलाले खोलिन विमानको आकस्मिक ढोका

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
PIA.jpg

काठमाडौं ।  इङल्याण्डको मेनचेस्टर एयरपोर्टमा एक अनौठो घटना भएको छ । विमानमा रहेकी एक महिलाले शौचालयको ढोका सम्झिएर विमानको इमर्जेन्सी गेट खोलेकी छन् ।  

पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको 'पीके ७०२' विमानमा रहेकी  एक महिलालाई शौचालय जानु थियो ।  उनले शौचालयको ढोका सम्झिएर गल्तीले विमानको इमर्जेन्सी गेट खोलिन् ।

शुक्रवार उड्नको लागि रनवेमा रहेको विमानमा यस्तो घटना भएको हो ।  पीआईएका प्रवक्ताले भने,'सो समय विमान रनवे मा थियो ।' यसैकारण विमान मेनचेस्टरबाट इस्लामाबाद सात घण्टा  ढिलो पुगेको थियो ।
 
मीडिया रिपोर्ट्सका अनुसार घटनापछि विमानमा रहेका ४० यात्रुहरुले तुरुन्तै उनिहरुलाई सामानसहित विमानबाट उतारिएको थियो । सात घण्टा होटलमा राखेर  उनिहरुलाई अर्को बिमानबाट इस्लामाबाद पठाइएको थियो । सो क्रममा यात्रिहरुको बस्ने र होटलमा खनेको सुविधा विमान कम्पनीले व्यहोरेको थियो ।
 
पाकिस्तान एयरलाइन्सका मुख्य कार्यकारी अधिकारी एयर मार्शल अरशद मलिकले घटनाको जांचको आदेश दिएका छन् । पीआईए केहि बर्षदेखि घाटामा चलिरहेको छ । पाकिस्तान सरकार यसलाई सुधार्ने  कोशिश गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ