'मानसिक सन्तुलन गुमाएका पाइलटले लडाकू विमान दुर्घटना गराए'

प्रकाशित मिति : २०७६ जेठ २७ सोमबार
फाइल तस्विर

टोकियो । जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।

मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको निष्कर्ष निकालेको छ । विमानमा कुनै प्राविधिक समस्या नरहेको पनि मन्त्रालयले स्पष्ट गरेको छ ।

गत अप्रिल ९ मा जापानको उत्तरपूर्वी मासावाबाट १३५ किलोमिटर टाढा समुद्रमा उक्त लडाकू विमान तालिमका क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमान अद्यापी फेला परेको छैन ।एएफपी

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ