arrow

खाडीबाट आएका भीमबहादुरको दुवै मिर्गौला फेल, श्रीमती रुँदै भन्छिन् - उपचारको खर्च कसले देला ?

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
kidney-failure.jpeg

पाल्पा । रामपुरका भीमबहादुर कुमालको मिर्गौलाले काम नगर्ने भएपछि समस्या भएको छ । विगत २२ महीना अगाडि रोजगारको सिलसिलामा खाडी मुलुक बहराइन पुगेका रामपुर नगरपालिका–८ पाल्पा निवासी ३१ वर्षका कुमालको दुईवटै मिर्गौलाले काम नगर्ने भएको हो ।

गत हप्ता नेपाल आइपुगेका कुमालको चिकित्सकले दुवै मिर्गौला फेर्नुपर्ने बताएपछि खर्च जुटाउन उनि काठमाडौँमा भौँतारिएका छन् । कुमालकी श्रीमती अनिताले भनिन् , “श्रीमान्को उपचारका लागि सबैसँग सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।”

कुमालको आठ वर्ष र तीन वर्षका छोरा छन् । “आम्दानीको स्रोत नभएको परिवारमा उपचारको खर्च कसले देला ? छोरालाई कसरी पढाउँ ? कसरी लालनपालन गरौँ”, अनिताले रुँदै भनिन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा उपचार गराउँदा तथा होटलमा बस्नुपर्दा धेरै गाह्रो भएको उनले गुनासो गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ