arrow

५० डिग्री पुग्यो भारतको गर्मी 

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
india-flag.jpeg

काठमाडौं । भारतमा गर्मीले सताएको छ । राजस्थानमा सबैभन्दा गर्मी भएको छ । राजस्थानको चुरुको तापक्रम ५०.३ डिग्री सेल्सियस पुगेको छ । 

सोमबार दिल्लकिो तापक्रम ४८ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम विभागका अनुसार पछिल्लो पाँच वर्षको यो सबैभन्दा बढी गर्मीको रेकर्ड हो । 

दिल्लीमा न्यूनतम तापक्रम नै ३०.२ डिग्री रहेको छ । हरियाणा, चन्डिगढ र दिल्लीका केही क्षेत्रमा मौसम विभागले रेड अलर्ट जारी गरेको छ । 

हिमाचल प्रदेशको उनामा ४५.२ डिग्री मापन गरिएको छ । यो प्रदेशमा १४ वर्षको रेकर्ड तोडिएको छ । 

मध्यप्रदेशको नौगांवको तापक्रम ४७.९ डिग्री मापन गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ