arrow

प्रधानमन्त्री रोजगार कार्यक्रमले मजदूरी गर्न भारत जान रोक्ने विश्वास

logo
कल्सरी सुनार,  
प्रकाशित २०७६ जेठ २८ मंगलबार
bajura-district.png

बाजुरा । बाजुराका दुई स्थानीय तहमा आइतबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । जिल्लाको गौमुल गाउँपालिका घट्मुनामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु गरिएको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रममा उक्त  गाउँपालिकामा एक सय ८० जनालाई एक महिने रोजगारी प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।

गाउँपालिकाले शिक्षण संस्था निर्माणदेखि गोरेटो बाटो निर्माणमा एक सय ८० जना कामदारलाई एक महिने रोजगारी दिएको बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा शिक्षण संस्था निर्माणमा ३० जना, बिद्युत निर्माणको काममा ३० जना र गोरेटो बाटो निर्माणमा एक सय २० जना गरी जम्मा एक सय ८० जनालाई रोजगारी दिईएको अध्यक्ष रोकायाको भनाई रहेको छ ।

रोजगारीमा गाउँपालिकाले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई छनोट गरी रोजगारी दिईएको गाउँपालिका उपाध्यक्ष सिता रोकायाले जानकारी दिएकी छन्  । उनले दिएको जानकारी अनुसार गाउँपालिकाले सोमबारबाट सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष रोकायाले बताइन् ।

‘आफुहरु जस्तै धेरै युवाहरु भारतका बिभिन्न शहरमा कामको शिलशिलामा जाने गथ्र्याैँ प्रधानमन्त्री रोजगार कार्यक्रमले आफुहरुलाई टेवा पुगेको छ’, गौमुल गाउँपालिका–६ बाम्नीका युवा कृष्ण वि.क.ले बताए ।

उनले विगत १ बर्षदेखि भारतमा बस्दैँ आएको थिए गाउँमा काम पाउँदा निकै हर्षित भएको बताए । आफुहरु जस्तै धेरै बेरोजगार युवालाई सरकारले यसरी नै गाउँघरमै रोजगारी सिर्जना गरिदिए भारतका बिभिन्न शहर धाउनुपर्ने बाध्यता हट्ने सोही वडाका अर्का युवा पदम वि.क.ले बताएका छन्  । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले युवाहरु बढी उत्साहित भएका छन् । बेरोजगार भएर बस्नुपर्ने आफुहरुको बाध्यता केहीँ समयका लागि भएपनि टर्ने भएपछि स्थानीय युवाहरु हर्षित भएका छन् ।

यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने जगन्नाथ गाउँपालिकामा पनि सोमबार देखि सुरु भएको गाउँपालिकाले जनाएको छ । 
प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले गाँउपालिकाको घेरवारको शिलान्यास गरेर कार्यक्रमको सुभारम्भ गरेको संयोजक जोशीले जानकारी दिए ।

रोजगार कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा संचालन गरिने भएको छ । उक्त रोजगार कार्यक्रममा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संञ्चालन तथा व्यवस्थापनको विषयमा छलफल गरिएको छ । 

रोजगार कार्यक्रममा सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार,पर्यटन तथा स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरु रोजगार कार्यक्रममा रहेको बताएको छ । वडा स्थरबाटै छनोट गरेको र वडा स्तरमै कार्यक्रम गरिने बताएको छ ।

कार्यक्रमको मापदण्ड अनुसार रोजगार कार्यक्रमका लागि ६ वटा वडाबाट गरि एक सय ३५ रोजगार कार्यक्रमका लागि जना छनौट गरिएको गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । 

रोजगार कार्यक्रममा गाउँपालिकाका–१ वडाबाट २३ जना, वडा न २ बाट २२ जना, वडा न ३ बाट २२ जना, वडा न ४ बाट २३ जना, वडा न ५ बाट २२ जना, वडा न ६ बाट २३ जना गरी एक सय ३५ जना छनोट गरिएका छन् ।
    
रोजगार कार्यक्रममा छनोट भएका युवाहरुलाई विभिन्न योजना निर्माण कार्यमा लगाउने गाउँपालिकाले तयारी थालेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ