arrow

सारेगामपका नेपाली हिरो प्रीतमको हाई हाई

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
Pritam_Acharya_1.jpg

इटहरी ।  भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरीबाट दर्जन गाडि सहित सयौ जना काकडभिट्टा पुगेका थिए । काकडभिट्टामा त्यहाका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए ।

सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिएसंगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए । त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिष्यको लागि शुभकामना प्रदान गरिएको थियो ।

यस लगत्तै उनलाई ईटहरिमा पनि भब्य स्वागत सम्मान गरियो। काकडभिट्टाबाट फर्के लगत्तै ईटहरि उपमहानगरपालिकामा स्वागत सम्मान पछि सेन्ट्रल प्लाजामा रहेको उनको सम्पर्क कार्यालय भिजिटसंगै त्यहा पनि स्वागत तथा शुभकानामा प्रदान गरिएको थियो ।

सारेगमप लिटिल च्याम्प्समा उनलाई आईतबार साझ भएको फाईनलबाट उनि सेकेन्ड रनरअप भएको घोषणा भएको थियो । फाइनलसम्म पुग्ने अपेक्षा नभएको भए पनि तेश्रो भएकोमा खुसी व्यक्त गर्दै धेरै कुरा सिक्न पाएको र नेपालबाट धेरै सहयोग मिलेको प्रितम आचार्यले बताए ।

नेपालकै गौरव भएको र प्रितमसंग भएको क्षमतालाई अभिबृद्धि गर्दै अझै निखार ल्याउन सबैको सहयोग रहनु पर्ने संगीत साधना महाबिद्यालयका महासचिब राजु केसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ