arrow

यी बलिउड कलाकारका दाजुभाई, दिदीबहिनी सँगै आए गाह्रो पर्ला छुट्याउन

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
bollywoods1.jpg

काठमाडौं । विश्वमा कम्तीमा पनि ७ जनासँग एउटा मान्छेको अनुहार मिल्छ भन्ने गरिन्छ । धेरै मानिसले दाजुभाइ तथा दिदीबहिनीको अनुहार उस्तै देखिन्छ । यहाँ दाजुभाइ दिदीबहिनीको अनुहार उस्तै भएका पाँच भारतीय कलाकारको नाम उल्लेख गरिएको छ –

१. अनुपम खेर
भारतीय अभिनेता अनुपम खेरको भारतीय सिनेक्षेत्रमा छुट्टै किसिमको पहिचान छ । उनले धेरै महत्वपूर्ण फिल्ममा काम गरेका छन् । अनुपम खेरका दाजु राजू खेर पनि उनीजस्तै अभिनेता हुन् । तर, उनी अनुपम जति सफल भने हुन सकेनन् । दुवैको अनुहार उस्तै छ ।

२. भारती सिंह
घर–घरमा आफ्नो कमेडीको कारण चर्चित बनेकी भारती सिंहले आफ्नो करियरका लागि निकै संघर्ष गरेकी थिइन् । कपिल शर्माको शोका साथै अर्को एक शोमा पनि उनी आउने गरेकी छिन् । भारतीकी दिदी पिंकी पनि उनीजस्तै देखिन्छिन् ।

३. कंगना रनौत
बलिउड अभिनेत्री कंगना रनौतकी दिदी रंगोलीको अनुहार पनि उनीसँग मिल्छ । दुवै दिदीबहिनी धेरैजसो कुनै पार्टी वा इभेन्टमा सँगै देखिन्छन् ।

४. अनिल कपूर
अनिल कपूर भारतका प्रमुख नायकमध्येका एक हुन् । उनका भाइ सञ्जय कपूरले पनि केही बलिउड फिल्ममा काम गरेका छन् । अनिल कपूरले कलिउडका साथै हलिउड फिल्ममा पनि काम गरेका छन् । तर, उनका भाइ सञ्जयलाई भने दर्शकले खासै रुचाएका थिएनन् ।

५. शिल्पा सेट्टी
बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो फिटनेसको कारण चर्चामा रहने गरेकी छिन् । उनी फिल्म क्षेत्रभन्दा बाहिर रियालिटी शोमा जजको भूमिका निर्वाह गर्दै आएकी छिन् । शिल्पाकी बहिनी शमिताले पनि केही फिल्ममा काम गरेकी छिन् । तर, उनलाई त्यति धेरै सफलता भने मिलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ