arrow

बजेटमा मन्त्रीको योग्यता देखेर दया लाग्यो : नेकपा सांसद रावल

संसदमा एक मिनेट मौन बस्ने सांसदको के थियो गुनासो ?

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
jhapat-rawal.jpg

काठमाडौं । नेकपा सांसद झपट कुमार रावलले बजेटमा मन्त्रीको योग्यता देखेर दया लागेको लगाएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै नेता रावलले बजेट विभेदकारी रहेको भन्दै जनताको भन्दा पनि आफ्नो क्षेत्रमा एकलौटी बजेट राख्ने मन्त्री मोहम्मद इश्तियाक राईको योग्यता देख्दा आफूलाई दया लागेको बताएका हुन् । 

प्रतिनिधि सभाको विधेष समयमा बोल्ने समय पाएपछि रोस्ट्रममा पुगेका उनले सभामुखलाई सम्बोधन गरेपछि आफ्नो बाँकी कुराहरु राखेनन् । घडिहेरेर मौन बसेका उनलाई सभामुखको आसनमा बसेकी राधा ज्ञवालीले पटक पटक आफ्नो भनाई राख्न आग्रह गरिन् । तरपनि उनले एक मिनेटसम्म आफ्नो भनाई राखेनन् । रावलले बजेटमा केही पनि नरहेकोले आफ्नो पनि बोल्नु केही नरहेको बताए । एक मिनेट पछि भने उनले आफ्ना गुनासाहरु राख्न थाले । 

के थियो मुद्दा ? 
सांसद रावलले आफ्नो क्षेत्रमा रहेका विपन्न र वादी समुदायहरुको लागि केही बन्दोबस्त गरिदिनको लागि बजेटको छलफल हुनुभन्दा पहिले चैत महिनामा नै मन्त्रालयको ढोका ढकढकाएको बताएका छन् । आफ्नो क्षेत्रमा देशभरीकै सबैभन्दा विपन्न पुनस्र्थापित वादी समुदायहरुको बसोबास रहेको भन्दै उनले नेपालभरीको सबैभन्दा धेरै मुक्त कमैयाहरुको बसोबास पनि आफ्नो क्षेत्रमा नै रहेको दाबी समेत गरेका छन् । ती बादी एवं मुक्तकमैयाहरुलाई लक्षित क्षेत्रमा शहरी विकास मन्त्रालयको आँखा नपुगेको र बजेट आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत एवं नेता केन्द्रीत हुँदा विभेदकारी रहेको उनको आरोप छ । 
 
कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २का सांसद रावलले आफ्नो एक मिनेटको विरोध सकिएपछि मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ भन्ने कविताका हरफहरुबाट आफ्नो भनाई सुरु गरे । कैलाली र कञ्चनपुरमा केही दिनअघि गएको हावाहुरीले घरबारविहीन बन्न पुगेका र वादी समुदायहरुले खुल्ला आकाश मुनी रात विताउन बाध्य भईरहँदा शहरी विकास कार्यक्रमको बजेटजति भने मन्त्री राईले आफ्नै बाँकेको निर्वाचन क्षेत्रमा एकलौटी खन्याएको आरोप लगाए । उनले मन्त्री राईलाई आफ्नो क्षेत्रमा विकास गरेपछि देशभरी विकास भयो भन्ने भ्रम रहेको भन्दै त्यस्ता मन्त्रीको योग्यता देखेर आफूलाई दया लागेको समेत बताए ।

नेता रावलले जेठ २३ गते साँझ गएको विनाशकारी हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा भएको क्षति प्रति सक्रियताका साथ राहत र उद्दारको काम अघि बढाउन माग पनि गरेका छन् । उनले ती क्षेत्रका पीडितहरु उपचारको लागि नेपालमा सुविधा उत्पन्न नुहँदा भारत जान बाध्य भएको गुनासो समेत गरेका छन् । आफू सत्ता पक्षीय सांसद भएकोले धेरै बोल्न नमिल्ने भन्दै यो बजेट घोर विभेदकारी रहेको पनि उनले बताएका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ