arrow

अकूत सम्पत्ति कमाउने १२ वरिष्ठ कर अधिकृतलाई मोदी सरकारले गर्यो बर्खास्त

logo
प्रकाशित २०७६ जेठ २८ मंगलबार
Income-tax.jpg

नयाँ दिल्ली। मोदी सरकारले भ्रष्टाचार र पेशेवर भ्रष्टाचारीको आरोपमा आयकर विभागका १२ वरिष्ठ अधिकारीहरुलाई सेवाबाट बर्खास्त गरेको छ । यसमध्ये आयुक्त र संयुक्त आयुक्त स्तरका अधिकारी समेत सामेल छन् । भारतीय सञ्चार संस्था इण्डिया टिभीका अनुसार यस सूचीमा परेका एक बर्खास्त संयुक्त आयुक्त विरुद्ध स्वयम्भू धर्मगुरु चन्द्रास्वामीको मद्दत गरेका आरोपी एक व्यवसायीसँग असुली तथा भ्रष्टाचारको गम्भीर आरोप लागेको छ । 

स्रोतलाई अवाला दिँदै सो सञ्चारमाध्यउले नोएडामा तैनाथ आयुक्त ९अपिल० पदका कैयौं आईआरएस अधिकारी समेत सामेल छन् । उनीहरुमाथि आयुक्त स्तरका दुई महिला आईआरएस अधिकारीहरुको यौन उत्पीडनको आरोप समेत छ। एक अन्य आईआरएस अधिकारीले आफ्नो परिवारका सदस्यहरुको नाममा ३ करोड १७ लाख रुपैयाँको चल र अचल सम्पत्ति अर्जन गरेका थिए । 

यो सम्पत्ति कथित रुपले पदको दुरुपयोग गरी भ्रष्ट एवं गैर कानूनी तरिकाले अर्जित गरेको भेटिएको थियो । यी अधिकारीलाई समय भन्दा पहिले सेवानिवृत्ति लिन निर्देशन दिएर बर्खास्त गरिएको हो । आयकर विभागका एक आयुक्त विरुद्ध सीबीआईको भ्रष्टाचार विरोधी शाखाले आय से अधिक रहेको मामलामा मुद्दा दायर गरेको छ । उनलाई अक्टोबर २००९ मा सेवाबाट निलम्बित गरिएको थियो । उनलाई पनि सरकारले अनिवार्य सेवानिवृत्तको निर्देशन अर्थात् बर्खास्त गरेको छ । 

एक अन्य अफिसर जो भ्रष्टाचार र जबर्जस्ती असुलीमा लिप्त भएर गलत आदेश पारित गराएका थिए । यी आदेशहरु पछि अपीलीय प्राधिकरणले यो मुद्दा उल्टाइदिएको थियो । उनलाई पनि सेवाबाट बर्खास्त गरिदिएको हो । आयुक्त स्तरका एक अन्य अधिकारीलाई मुखौटा कम्पनीको मामलामा एक व्यवसायीलाई राहत दिएको आरोपमा ३० लाख रुपैयाँको घुस मागेको आरोप लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ