arrow

चक्रपातले गुजरातलाई झस्कायो, दुई दिन विद्यालय बन्द

बिहीबार बिहान खतरा

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
rainfall.jpg

काठमाडौं । चक्रपातले भारतलाई पछिल्लो समय सताइरहेको छ । ओडिशामा गत महिना फानी नामक आँधीले अस्तव्यस्त पारेको अवस्थामा चक्रपातले हाल गुजरातलाई झस्काएको हो । 

गुजरातमा भयानक आँधीबेहरी आउने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । हावाको गति तेज गतिमा आइरहेको जनाइएको छ । अरब सागरबाट आएको तुफानको रफ्तार ७५ देखि १३५ किलोमिटर प्रतिघण्टा आउने विभागले जनाएको छ । 

मौसम विभागले दिएको चेतावनीपछि गुजरातका सबै विद्यालय बन्द गरिएका छन् । चक्रवात बिहीबार बिहान ६ देखि ७ बजेको बीच वेरावलको आसपास आउने अनुमान गरिएको छ । 
चक्रपात मंगलबार बिहान वेरावलको दक्षिणमा ६९० किलोमिटरको दूरीमा थियो । मौसम विभागले सौराष्ट्र क्षेत्रमा भारी वर्षा हुनेसमेत जनाएको छ । 

उद्धार र राहतका लागि तयारी अवस्थामा रहनका लागि अधिकारीहरुलाई उर्दी जारी गरिएको छ । 

कुनै पनि उद्धार कर्मचारीलाई बिदा दिइएको छैन । भारतका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ । वर्षाबाट सतर्क रहन आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ