arrow

भारतमा ‘अत्यधिक गर्मीका’ कारण चार रेलयात्रीको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ जेठ २९ बुधबार
sunlight-hot.jpg

नयाँ दिल्ली। भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको मङ्गलबार भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन्। 

मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ। मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध भएको पनि बताइएको छ। मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ। आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो।

भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले एएफपीलाई भन्नुभयो, “रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्ने बताए। यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ।”

उनले भने, “रेल जव झाँसी नजिकै पुगेको थियो त्यति नै वेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो। तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो।”

“एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो,” सिंहले भने। उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ