arrow

'संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने सरकारको दुर्नियत'

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
prakashman-singh2.jpg

काठमाडौं । नेपाली काँग्रेसले सरकारले संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने दूर्नियत राखेर गुठी विधेयक ल्याएको आरोप लगाएको छ । बुधबार प्रतिनिधि सभाको बैंठकमा सुरुमा नै उठेर विरोध गरेका काँग्रेस सांसदहरुको तर्फबाट बोलेका काँग्रेस सांसद प्रकाशमान सिंहले यो विधेयकमाथि आपत्ति जनाएका हुन्। 

उनले सम्बन्धित पक्षसँग छलफल नै नगरी हजारौं वर्षदेखि चल्दै आएको गुठी परम्परालाई ध्वस्त गराउनेगरी सरकारले नियोजित रुपमा यो गुठी विधेयक ल्याएको आरोप उनीले आरोप लगाए । यो विधेयकले गुठीयारहरुको हकमा पनि निजी गुठीलाई सार्वजनिक गुठीमा लगेर यसको अस्तित्व नै समाप्त गर्नेगरी यो विधेयक कसको लागि केकालागि ल्याएको हो ? भन्दै प्रश्न गरे । 

अहिलेको अवस्थामा गुठी विधेयक परिमार्जन गर्नुको आवश्यकता के हो ? भन्दै हजारौं हजार संख्यामा चल्दै आएको गुठीको अस्तित्व नामेट पार्ने अधिकार गुठीको नरहेको उनले बताए । 

उनले पुस्तौं पुस्तादेखि सञ्चालन गर्दै आएको निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै यो संविधानको धारा २९० को विपरित रहेको बताएका छन् । त्यो निजी सम्पत्ति राख्ने अधिकार र धार्मिक स्वतन्त्रताको अधिकारमाथि समेत यो ऐनमा उल्लेखित व्यवस्थाले हनन् गरेको आरोप उनले लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ