arrow

टि-२० विश्वकप क्रिकेट: अन्तिम तीन बलमा तीन विकेट लिंदै भारत बिजयी

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Ind_Ban_t20.jpg.jpeg
काठमाडौं। अनिश्चितताको खेल क्रिकेट फेरि त्यस्तै भयो। भारत बिरुद्ध जित्न ३ बलमा २ रन चाहिएको स्थितिमा बंगलादेश १ रनले पराजित भएको हो। टि-२० विश्वकपको भारत र बंगलादेश बिचको खेलको अन्तिम ओभरमा बंगलादेशलाई जीतकालगि ११ रन चाहिएको थियो।
 
पहिलो ३ बलमा ९ रन बनाएको बंगलादेशले अन्तिम तीन बलमा कुनै रन नबनाई ३ विकेट गुमाएको थियो। हार्दिक पाण्ड्याले अन्तिम ओभरको अन्तिम २ विकेट लिएका थिए भने एक विकेट रनआउटका रुपमा आएको थियो। 
 
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १४६ रनको योगफाल तयार पारेको थियो। भारतकालागि सुरेश रैनाले सार्वाधिक ३० रनको योगदान गरेका थिए। बंगलादेशकालागि अल-अमिन होसेन र मुस्ताफिजुर रहमानले २-२ विेकट लिएका थिए। 
 
जवाफमा ब्याटीङ गर्न ओर्लेको बंगलादेश निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रन बानउँदै खेल १ रनले हारेको थियो। बंगलादेशकालागि तमिम ईकबालले सार्वाधिक ३५ रनको योगदान गरेका थिए। भारतकालागि आश्विन, जडेजा र पाण्ड्याले २-२ विकेट लिएका थिए। 
 
खेलका प्लेयर अफ द म्याच रविचन्द्रन आश्विन घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ