arrow

विवादित बनेपछि न्यूयोर्क टाइम्सको फैसला, एक वर्षसम्म कार्टून बन्द 

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
new-york-times-cartoon1.jpg

न्यूयोर्क। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कथित यहूदी विरोधी कार्टून छापेपछि ‘न्यूयॉर्क टाइम्स’ले त्यसबारे माफी माग्दै एक ऐतिहासिक घोषणा गरेको छ । विश्वभरबाट आलोचना भएपछि पत्रिकाले आफ्नो अन्तर्राष्ट्रीय संस्करणमा प्रतिदिन छाप्दै आएको राजनीतिक कार्टून अब छाप्न छाड्ने निर्णय गरेको हो । अप्रिलमा प्रकाशित यस कार्टूनमा नेतन्याहूलाई एक कुकुरको रुपमा सांकेतिक व्यङ्ग्य गरिएको थियो । 

यसरी ट्रम्पलाई नेत्रहीन देखाएर कुकुरको रुपमा देखाइएका नेतान्याहूलाई डोर्याएको तस्वीर टाइम्सले प्रकाशित गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुकुरलाई हातमा डोर्‍याएर हिँडेको तस्वीर छ । यस चित्रमा डोनाल्ड ट्रम्पले यहूदी टोपी लगाएका छन् । 

यस कार्टून प्रकाशन गरेपछि यहूदी समुदायमा व्यापक आक्रोश देखिएको छ। यसरी आक्रोश बढ्दै गएपछि न्यूयोर्क टाइम्सका सम्पादक जेम्स बेनेटले भनेका छन् 'अखबारले एक वर्षको लागि टाइम्सको अन्तर्राष्ट्रीय प्रकाशित संस्करणमा राजनीतिक कार्टून छाप्ने छैन ।'

यस अघि पनि भारतको मंगलयान अभियान सफल भएको समयमा टाइम्सले यस्तै विवादास्पद कार्टून छापेको थियो। भारतीय अन्तरीक्ष एजेन्सी (इसरो) ले पठाएको मंगलयान ६५ करोड किलोमिटर यात्रापछि गत २४ सेप्टेम्बरमा मंगल ग्रहमा भ्रमण गर्न थालेपछि टाईम्सले एक किसानले गोरु डोर्याएर मंगलयानको ढोका ढक्ढकाईरहेको तस्वीर बनाएको थियो । यो मुद्दामा पनि टाईम्सले माफी मागेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ