- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । अन्तरजातिय विवाह गरेकी एक महिलाका श्रीमान अर्की श्रीमती लिएर फरार भएका छन् । अन्तरजातिय विवाह गरेर श्रीमानले छोडेपछि पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ की महिला विचलीमा परेकी हुन् । याङवरक ४ थर्पुकी १७ वर्षिया महिला प्रमिला सिवा अहिले सुत्केरी भएपछि उनी अहिले साहाराविन बनेकी छन् ।
विवाह भएको एक वर्षपछि श्रीमान् ताप्लेजुङ सिदिम्बा ४ साब्लाखुका विजय ताम्लिङ उनलाई छोडेर अर्की श्रीमती लिएर फरार भएपछि प्रमिला अहिले जिल्ला अस्पताल पाँचथमा सुत्केरी भएकी छिन् । उनको सोमबार त्यस अस्पतालमा छोरी जन्माएकी हुन् । प्रमिला र विजय ताम्लिङ वीच ०७४ असोज २ गते अन्तरजातिय भागी विवाह गरेका थिए ।
०७५ असोज देखि विजय विदेश जाने भन्दै झापाको काँकडभिट्टा बाट सिवालाई छोडेर फरार भएका थिए । उनलाई अल्पकालिन आश्रय सहितको सेवा केन्द्र मातहत उनको निगरानी भइरहेको नेपाल जनउद्धार संघ पाँचथरका उपाध्यक्ष छेउमाँया तामाङले जानकारी दिए ।