arrow

योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन हुन सकेन किन सरकार ?

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
dilla-sangroula.jpg

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन हुनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा संग्रौलाले यस्तो बताएकी हुन् ।   

उनले कार्यान्वयननको क्रममा रहेका सामाजिक सुरक्षा योजनाको लागि रोजगारदाता सूचीकरण र श्रमिकहरुको सूचीकरण एक प्रतिशत पनि हुन नसकेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयननको अवस्था के छ ? भन्ने प्रश्न गरेकी छन् ।

 संग्रौलाले भनिन्, 'यो अवस्थामा श्रमिकहरुले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जाने नसक्ने अवस्थाले थप जटिलता सृजना भएको छ । यस विषयमा सरकारको ठोस कार्यक्रम खोइ ? सुरक्षा योजनाले केवल संगठित योजनालाई मात्रै समेट्दछ तर कुनै पनि सुरक्षा योजनाको छाता भित्र नरहेको अनौपचारिक क्षेत्रको श्रमिकहरुको लागि सरकार के गर्दैछ ?'

 'वैदेशिक रोजगारमा रहेको श्रमिकहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सम्मानित सर्वोच्च अदालतले श्रमिकको कार्यस्थलबाट मतदान गर्न पाउन पर्दछ भन्ने विषयप्रति सरकार किन मौन छ ?' संग्रौलाले भनिन्, 'हाल सरकारले गरेको न्यूनतम ज्याला निजी क्षेत्रका विद्यालय, नर्सिङहोम लगायत थुप्रै कलकारखाना तथा उद्योगहरुमा लागू नभएको अवस्था छ ।'

उनले सोको कार्यान्वयननको लागि अनुगमन सरकारले के कसरी गर्दैछ सभामुख मार्फत सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ