arrow

अढाइ करोडका बिएमडब्लु मालिकले पेट्रोल हाल्न चोरे कुखुरा

logo
प्रकाशित २०७६ जेठ २९ बुधबार
bmws.jpg

काठमाडौं । मानिसका शौखहरु पनि अजिबका छन् । ती शौख पुरा गर्न मानिसले जे गर्न पनि तयार हुन्छन् । यस्तै एक मामिला सामुन्ने आएको छ । जहाँ उनले आफ्नो शौख पुरा गर्न के सम्म गरे त्यसको खुलासा भएको छ । उनको चर्चा सामाजिक सञ्जालमा व्यापक भैरहेको छ ।

चीनका एक धनी किसानले आफ्नो शौख पुरा गर्नको लागि २ करोड ६० लाखमा बिएमडब्लु किने । ५० बर्षीय उनले केहि समयसम्म माजा मानेर बिएमडब्लु घुमिरहेका थिए ।  तर गाडीमा बारम्बार पेट्रोल सकिने र गोजीको पैसा पनि रित्तिएपछि हैरान भए । बारम्बार पेट्रोल भर्दा भर्दै हैरान भएका उनले उपाय निकाले कुखुरा चोरी ।

उनले आफ्नो शौखलाई पुरा गर्न र स्टाटस मेनटेन गर्न उनले अरुको घरबाट कुखुरा र हास चोर्न सुरु गरे । साउथ चाइना मर्निङ पोष्टका अनुसार नीज व्यक्तिले मानिसहरुको घरबाट हास र कुखुरा चोरेर बजारमा बेच्ने गर्थ्यो र पाएको पैसाबाट गाडीमा पेट्रोल भर्ने काम गर्थ्यो । सो व्यक्तिले सिचुआन प्रांतको लिन्सुइबाट पक्षीहरुको चोरी अप्रिल महिनाबाट गरिरहेको समाचारमा उल्लेख छ ।

नीज व्यक्तिद्वारा लगातार चोरी गरेपछि स्थानीय हैरान भएर उनको बदमासीको उजुरी प्रहरीमा दिएका थिए । प्रहरीको अनुसन्धान सुरु गरेपछि उनीले नै कुखुराहरु चोरी गरेको पुष्टि भएको छ। उनलाई पक्राउ गरेपछि उनले आफ्नो शौख र कुखुरा चोरीको कनेक्सन बारे खुलाएका थिए । उनको नाम  सिचुआन प्रहरीले खुलाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ