arrow

सुरिलो स्वरकी धनी आठ बर्षिया घिसिङ इन्टरनेटमा भाइरल हुँदै(भिडियो)

तपाइले सुन्नुभयो यिनको स्वर?

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
Jigme-Chhyokee-Ghising.jpg.jpeg

काठमाडौं। बारा निजगढकी जिग्मे छ्योकी घिसीङ अहिले इन्टरनेटमा एकाएक भाइरल भएकी छिन्। उनी आफ्नो प्रतिभाको कारण इन्टरनेटमा एकाएक भाइरल भएकी हुन्। अरुणोदय मावि कक्षा ३मा अध्ययनरत घिसिङ आफ्नो सुरिलो स्वरका कारण अहिले युट्युवमा व्यापक हेरिन थालिएकी छन्। 

जिग्मे छ्योकी घिसीङको स्वरमा रेकर्ड गरिएको तिम्ले बाटो फेर्‍यौ अरे भन्ने गीत युट्युवमा राखेको ३ दिनमै २३ हजार भन्दा वढीले हेर्न भ्याइसकेका छन्। मार्च २१मा युट्युवमा अपलोड गरिएको उनको गीत यो समाचार तयार पार्दा २४ तारिख विहान सम्म २३हजार ४ सय भन्दा वढीले् हेरिसकेका थिए। उनको सुरिलो स्वर युट्युवमा मन मराएर हेरिएको मात्र छैन उनलाई आउने दिनमा सफलताको शुभकामना दिएर उनको प्रगतिको कामना पनि गरिएका थुप्रै प्रतिक्रिया युट्युवमा लेखिएको छ। 
 
७ पुगेर ८ बर्ष मात्र लागेकी घिसिङ कक्षामा प्रथम हुन। उनले गायनको क्षेत्रमा पनि अब्बल हुने सोच बनाएकी छन्। वाद्ययन्त्र हार्मोनियन आफै वजाएर गाउने क्षमता भएकी जिग्मेको प्रतिभालाई हेरेर उनी भविष्यमा अझ निखारिएको गायिका बन्न सक्ने यस क्षेत्रका अनुभवीहरु बताउँछन्। 
 
बारा निजगढ घर भएकी घिसिङ अहिले आमा बसन्ती लामासँग काठमाडौं स्वयंम्भुमा बस्दै आएकी छन्। बाबु रामकाजी घिसिङ कोरियामा कामको सिलसिलामा छन्। उनका मामा पेमासिद्धी लामा भाञ्जीको प्रतिभाबाट आफूहरु उत्साहित भएको उल्लेख गर्दै उनको प्रतिभा निखार्न पुरै परिवारको सहयोग उनलाई रहने बताउँछन। 
 
सुरिलो स्वरकी धनी आठ बर्षिया घिसिङको गीत सुन्न र हेर्न यो भिडियोमा हेर्नुहोलाः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ