arrow

८५ मुलकमा आफ्नो सैन्य सामग्री बेच्दै भारत, सूचीमा नेपाल पनि 

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
india-defence-export.jpg

काठमाडौं। भारतले आफ्नो सैन्य सामग्री बिक्रीको लागि ८५ मुलुकको सूची निकालेको छ। भारतले सन् २०२५ सम्म ३ खर्ब २५ अर्ब भारुको सैन्य सामग्री बिक्रीको महत्वाकांक्षी लक्ष्य राखेको छ। भारतले आफ्नो सैन्य उद्योगको विस्तार र प्रचारका लागि वार्षिक ५० हजार डलरको बजेट छुट्याएको छ। भारतले सार्वजनिक तथा निजीस्तरको माध्यमबाट आफ्नो सैन्य उत्पादनको बिक्री बढाउने तयारी गरेको हो। 

गत वर्ष भारतले सैन्य क्षेत्रको विस्तार तथा निर्यातको विषयमा छलफल अघि बढाएको थियो। सोही छलफलको आधारमा भारतले सैन्य सामग्री बिक्रीको नयाँ रुपरेखा तयार पारेको हो। विभिन्न प्रदर्शनीको आधारमा भारतीय सैन्य सामग्रीको व्यापार विस्तार गरिने लक्ष्य भारतको छ। 

गत वर्ष भारतको सैन्य विभागले पनि सरकारलाई सैन्य सामग्री बिक्रीको लागि स्पष्ट खाका तयार पार्न आग्रह गरेको थियो। भारतले यसअघि शुरुवातमा भारतले सैन्य क्षेत्रमा १६ करोड भारु खर्च गर्ने योजना तयार गरेको थियो। भारतले आफ्नो सबैभन्दा बढी बिक्रीको क्षमता रहेको मुलुकमा भियतनाम, थाइल्याण्ड, बहराइन, यूएई, अफगानिस्तान मलेसियाजस्ता मुलुकलाई राखेको छ। 

भारतले सैन्य सामग्री बिक्रीको प्राथमिकतामा नेपाललाई पनि समावेश गरेको छ। भारत बेलायत, अमेरिकाजस्तै ठूलो सैन्य उद्योग रहेको मुलुक बन्ने योजनामा छ। पछिल्लो केही समययता भारतले पनि आफ्नो सैन्य क्षेत्रमा उच्च प्रविधिको प्रयोग गर्दै आएको छ। भारतले सैन्य क्षेत्रको विकासको लागि चरणबद्ध योजना अघि सार्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ