arrow

हुवावेईको ५जी प्रयोग गर्ने थ्री यूकेको निर्णय

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ३० बिहिबार
huawei_5g.png

काठमाडौं । पछिल्लो समय ५जीको विषयमा विभिन्न किसिमका विवादको सामना गरिरहेको चिनियाँ कम्पनी हुवावेईसँग थ्री यूके कम्पनीले काम गर्ने भएको छ । 

कम्पनीले बेलायतमा ५जी सेवा शुरु गर्न हुवावेईसँग मिलेर काम गर्ने निर्णय गरेको हो । कम्पनीका र्‍यान तथा डिभाइस टेक्नोलोजीका प्रमुख एरोले हेस्पायदिरले हुवावेईसँग मिलेर सबैभन्दा तीव्र गतिको ५जी नेटवर्क तयार गरिने बताएका हुन् । 

कम्पनीले अहिले बेलायतका २५ सहरमा मोबाइल नेटवर्क प्रदान गर्दै आएको छ । । यसमा लण्डन, कार्डिफ, ग्लासगो, बर्मिंघम, म्यानचेस्टर र लिभरपुल छन् । यहाँ ५जी मोबाइल नेटवर्क सार्वजनिक गर्ने यो तेस्रो कम्पनी बन्नेछ ।

यसअघि नै ईई कम्पनीले बेलायतमा ५जी नेटवर्क सार्वजनिक गरिसकेका छन् । त्यसैबीच भोडाफोनले पनि अगष्टमा ५जी नेटवर्क सार्वजनिक गर्ने तयारी गरेको छ । तर, यी दुई कम्पनीले भने हुवावेईको उपकरणको प्रयोग नगर्ने भएका छन् । 

हसपायदिरका अनुसार १ सय मेगाहर्जको ५जी स्पेक्ट्रम ब्यान्डविथ ५जी मोबाइल नेटवर्कका लागि आइडल स्पिड हो । यदि मोबाइल अपरेटर्स १ सय मेगाहर्ज ब्यान्डविथ प्रयोग गर्छन् भने करीब ३ सय ४० एमबीपीएसको स्पिड प्रदान गर्नेछन् । त्यसपछि पनि आवश्यकताअनुसार यो  स्पिड दोब्बर बनाउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ