arrow

चीनको विषयले हङकङ अनियन्त्रित, सरकारी कार्यालयसमेत बन्द

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
hong.JPG

काठमाडौं । सन् १९९७ पछिकै सबैभन्दा ठूलो हिंसात्मक प्रदर्शनले हङकङ अनियन्त्रित बन्दै गएको छ । नयाँ सुपुर्दगी कानुनमा हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान राख्न थालिएपछि त्यसको विरोधमा हङकङको हिंसायुक्त आन्दोलनले चरम रुप नै लिएको छ । 

बुधबारको बढी हिंसायुक्त कार्यक्रमका कारण बिहीबार हङकङका केही सरकारी कार्यालयसमेत बन्द गरिएका छन् । 

Policemen in Hong Kong

प्रदर्शनकारीहरुले सरकारी कार्यालयलाई घेराबन्दी गरेका छन् । बुधबार प्रहरीले प्रदर्शनकारीमाथि बढी दमन गरेपछि प्रदर्शनकारीहरु थप आक्रामक बनेका हुन् । 

प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली चलाएपछि थुप्रैलाई घाइते बनाएको छ । लाखौं मानिस सडकमा उत्रिए पनि प्रस्तावित विधेयक पारित हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले आँकलन गरेका छन् । 

Demonstrators protest to demand authorities scrap a proposed extradition bill with China, in Hong Kong

मुद्दाको पुर्पक्षको लागि हङकङका नागरिकलाई चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गर्न थालिएपछि हरेक क्षेत्रका हङकङका नागरिक आन्दोलित भएका हुन् । 

प्रतिपक्षीसंगै आन्दोलनकारीहरु निरन्तर सडकमा डटिरहे पनि सरकारले भने विधेयकबारे केही बोलेको छैन । 

विधायन परिषलदले यो विधेयकमाथिको दोस्रो सुनुवाई भने थालेको छैन । यसमा ढिलाइ गरिरहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ