arrow

यस्तो आउँदैछ उबरको उड्नसक्ने कार 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ३० बिहिबार
uber.jpg

काठमाडौं । उबरले आफ्नो नयाँ उड्नसक्ने ट्याक्सी सेवा अनावरण गरेको छ । यसमा मानिसको आन्तरिक तथा केही महत्वपूर्ण फिचर्स देख्नसक्ने बताइएको छ । कम्पनीले सन् २०२३ देखि उड्नसक्ने ट्याक्सी सेवा व्यावसायिकरुपमा शुरु गर्ने बताएको छ । 

तर, यसको परीक्षण २०२१ देखि शुरु हुनेछ । यसको भाडा कति हुन्छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । तर, पारम्पारिक हेलिकोप्टरको तुलनामा भने सस्तो हुने बताइएको छ । 

उबरको हवाई ट्याक्सी सेवाको पहिलो उडान अमेरिकाको डालास, टेक्ससका साथै लस एन्जल्समा शुरु हुनेछ । कम्पनीले वर्षेनी हुने गरेका उबरको एलिवेट फ्लाइंग ट्याक्सी कन्फ्रेन्समा यो उड्नसक्ने कारणको भित्री भागको दृश्य सार्वजनिक गरेको हो । 

यसको भित्री दृश्यअनुसार यसको धेरै हिस्सा पारम्पारिक हेलिकोप्टरसँग मिल्दोजुल्दो छ । तर, प्रतिवेदनअनुसार यसमा केही महत्वपूर्ण सुविधा भने हुनेछैनन् । तर, उच्च प्रविधिको ग्याजेट र फिचर्स नभए पनि यो निकै विलासी देखिएको छ । 

यसको भित्री भागको संरचनाको डिजाइन फ्रान्सेली कम्पनी साफरानले गरेको हो । यसमा केही उपयोगी चिजहरु पनि समावेश गरिएको छ । जसमा कप होल्डर, इन्टरेक्टिभ स्क्रिन, चार्जर र सीटब्याक पकेट भने छैन । यसमा चार यात्रु बस्ने सुविधा हुनेछ । यसले विना कुनै असुविधा मानिसहरुलाई गन्तव्यमा पुर्‍याउनेछ । 

यसमा चार सिट र चार झ्याल छन् । यसको सिट बनाउन उच्च गुणस्तरको छालाको प्रयोग गरिएको छ । यसको भित्री भागमा विद्युतीय ब्लू लाइट्सको प्रयोग  गरिएको छ । कम्पनीका अनुसार शुरुआतमा यसबाट यात्रा गर्दा केही महँगो पर्नसक्ने भए पनि शुरु भएपछि केही वर्षमै यसबाट यात्रा सस्तो हुँदै जाने बताइएको छ । 

उबरले ल्याएको यो योजना अमेरिकापछि  अष्ट्रेलियाको मेलवर्न सहरमा शुरु गरिनेछ । यसलाई घना आवादी भएको सहरमा प्रयोग गर्न सकिन्छ । यसले भर्टिकल टेक अफ र ल्यान्डिङ गर्न सक्छ । साथै यसको यात्रा निकै सहज र सुरक्षित हुने बताइएको छ । यो सवारी विद्युतीय एयरक्राफ्ट ३ सय २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । यसले डेढ घण्टाको यात्रा ३० मिनेटमा पूरा गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ