arrow

४० हजार वर्ष पुरानो ब्वासोको टाउको जस्ताको त्यस्तै

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
bhedo.jpeg

काठमाडौं । वैज्ञानिकहरुले ४० हजार वर्ष पुरानो एउटा ब्वासोको टाउको अहिले जस्ताको त्यस्तै भेटेका छन् । रुसको साइबेरियाको हिमपहाडमा उक्त ब्वासोको टाउको भेटिएको हो । ब्वासोको टाउकोमा उसको दिमाग संगसंगै कपाल र दाँत पनि सुरक्षित रहेको छ । 

उक्त ४० हजार वर्ष पुरानो ब्वासोको टाउको आर्कटिक सर्किलमा सन् २०१८ मा वैज्ञानिक पावेल एफिमोवले खोजेका हुन् । बाँकी शरीर भने भेटिएको छैन । 

कुनै दोस्रो जनावरले आक्रामक गरेको हुन सक्ने अनुमान गरिएको छ । रुसमा ३२ हजार पहिले मात्र मानवजाति पुगेको इतिहास छ । 

उक्त ब्वासोको टाउको अब आधुनिक युगका ब्वासोसंग अनुसन्धान गर्न मद्धत पुग्ने रुसी वैज्ञानिक एल्बर्ट प्रोतोपोपोवले बताएका छन् । 

यसबाट बदलिँदो परिस्थितिमा जनावरको विकास कसरी भइरहेको रहेछ भन्ने पनि जानकारी लिन सकिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ