arrow

भारतमा विषाक्त लिची खाँदा ३१ बालबालिकाको मृत्यु 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ३० बिहिबार
india_lychee.png

काठमाडौं । भारतमा पछिल्लो १० दिनमा विषालु लिचीको कारण ३१ जनाको ज्यान गएको  छ । विषक्त लिचीको कारण उत्पन्न हुने मस्तिष्कको रोग इन्सेफलिटीजको कारण उनीहरुको ज्यान गएको होे । यो रोगको लागि विषालु लिचीको जुस कारक मानिन्छ । 

भारतको विहार प्रान्तस्थित मुजाफपुरका दुई अस्पतालमा उनीहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका हुन् ।

वरिष्ठ स्वास्थ्य अधिकारी अशोक कुमार सिंहले केहीमा इन्सेफलिटीजको समस्या देखिएको थियो भने केहीमा तत्कालै ग्लुकोजको मात्रा अत्यधिक घट्ने समस्या देखिएको थियो । 

कम्तीमा ४० अन्य बालबालिकामा पनि यस्तै समस्या देखिएको छ । उनीहरुको अहिले आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ । आफूहरु उनीहरुलाई बाचाउने प्रयासमा रहेको उनले बताएका हुन् । 

भारतमा गर्मी मौसममा यस किसिमको रोगको प्रकोप देखिने गरेको छ । भारतमा गर्मी बढेर तापक्रम ४० डिग्री सेल्सियसभन्दा नाघेको छ । भारतमा यो रोगलाई चम्की बुखार भनिन्छ । सन् २०१४ मा यो रोगको कारण १ सय ५० जनाको ज्यान गएको थियो । 

सन् २०१५ मा अमेरिकी शोधकर्ताले यो मस्तिष्कको रोगको सम्बन्ध विषलु लिचीसँग रहेको बताएका थिए । यस किसिमको रोग लिची प्रशस्त पाइने बंगलादेश र भियतनाममा पनि देखिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ