arrow

विधायकले मुख्यमन्त्रीको नाममा लिए सपथ, भने ''मेरो भगवान उहाँ नै हो''

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
bidhayak-reddi.JPG

विजयवाडा । आन्ध्र प्रदेशका एक नवनिर्वाचित विधायकले बुधवार ईश्‍वरको साँटो मुख्‍यमन्त्री तथा वाईएसआर कांग्रेस अध्‍यक्ष जगन मोहन रेड्डीको नाममा शपथ लिएका छन् । नेल्‍लोर ग्रामीणबाट विधायक बनेका कोटामरेड्डी श्रीधर रेड्डीले मुख्‍यमन्त्री प्रति वफादारी देखाउनको लागि यो कदम उठाएका हुन् । उनले भने कि सीएम जगन उनको लागि भगवान हुन् ।  

विधायक श्रीधर रेड्डीले यस्तो बताएपछि प्रोटेम स्‍पीकर सम्बाङ्गी अप्‍पाला नायडूले तत्‍काल विधायकलाई फेरि शपथ लिनको लागि निर्देशन दिए। त्यसपछि श्रीधरले ईश्‍वरको नाममा शपथ लिएका छन्। श्रीधर रेड्डीले सपथ पछि भने कि उनको त्यतिबेला भावुब बनेका कारण नियम बाहिर गएर शपथ लिन पुगे। उनले भने ''म एक यस्तो गरीब परिवारबाट आएको हुँ जसको कुनै वित्तीय पृष्ठभूमि छैन। त्यस्तो मलाई विधायक बनाइदिनु भयो ।''

''यदि म आफ्नो नेतालाई भगवान मान्छु भने यसमा गलत के छ ?''
विधायक श्रीरेड्डीले भने, ''उनले (जगन) मलाई दुईपटकसम्म विधायक बनाए। उनको ९जगन० नाममा शपथ लिँदा मैले कुनै अर्को पद पाउने अभिलाषा होइन । पछिल्लो ५ वर्षमा मैले कमाएको सारा सम्पत्ति मैले गरिब बच्चालाई दिएको हुँ।'' विधायकले दाबी गरेका छन् कि टीडीपीका केही विधायकहरुले पहिले पनि एनटी रामरावको नाममा सपथ लिएका थिए । त्यतिबेला उनीहरुलाई यस्तो गर्नको लागि अनुमति दिइएको थियो । 

विधानसभा चुनावमा नायडूलाई हराएर सीएम बने जगन

श्री रेड्डीले प्रश्न गरे 'यदि म आफ्नो नेतालाई भगवान मान्छु भने यसमा मेरो के गल्ती छ ?' विधायकले संविधानको अनुच्‍छेद १८८ को नियम अनुसार सपथ लिने गर्दछन् । जुन संविधानका अनुसार विधायकहरुले या त ईश्वरको नाममा सपथ लिनु पर्छ या त संविधानको नाममा । जनवरी २०१७ मा बाम्बे हाई कोर्टले भारतीय शपथ कानून १९६९ का अनुसार एक अर्काे विकल्प दिनको लागि दायर गरिएको रिट खारेज गरिदिएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ