arrow

''ओलीको क्षेत्रमा चिहानघारी समेत नेकपा कार्यकर्ताको कब्जामा''

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
mahendra-kumari.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र झापा क्षेत्र नं ५मा नेकपा कार्यकर्ताहरुले चिहानघारीदेखि सशस्त्र क्याम्पसम्म कब्जामा लिए पछि यो विषय संसदमा पुगेको छ । 

विहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बूले प्रधानमन्त्रीको क्षेत्र समेत रहेको झापा क्षेत्र नं ५ मा आफ्ना पितापूर्खादेखि चल्दै आएको चिहानघारीमाथि मदन भण्डारीको नाममा नेकपाले हस्तक्षेप गरेको प्रति दुख व्यक्त गरिन् । उनले त्यस्ता गतिविधि रोक्न पनि सरकारसँग माग गरेकी छिन् । 

उनले झापा क्षेत्र नं ५ मा माफियाको विगविगी रहेको भन्दै  तत्कालीन एमालेका कार्यकर्ताहरुले कमल गाउँपालिका वडा नं १ मा पहिले रहेको सशस्त्रको क्याम्पको जग्गा नै कब्जा गरेको आरोप पनि लगाएकी छिन् । उनले सत्तारुढ नेकपालाई हिम्मत छ भने मदन भण्डारीको नाममा सबै खाली जग्गा कब्जा गरेर देखाउन चुनौति पनि दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ