arrow

आमालाई दोस्रो विवाहको शुभकामना दिने छोरा चर्चामा, के थियो शुभकामना ?

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
aama-chora.jpg

काठमाडौं । आमा छोराको सम्बन्ध अनमोल छ । यसको वर्णन शायद शब्दमा गर्नको लागि निकै कठिन छ । आमाको लागि जति छोरा प्रिय हुन्छ त्यतिनै छोराको लागि आमा। दुवै बीच माया र स्नेह निकै भावनात्मक हुन्छ । आमाको ममताले सन्तानलाई सधै बाँधेको हुन्छ । आमा छोराबीचको यस्तै माया र स्नेह भारतको केरलामा देखिएको छ । जहाँ छोराले आफ्नो आमाको लागि लेखेको फेसबुक पोष्टको अहिले चौतर्फी चर्चा भैरहेको छ ।

आज पनि समाजमा पुनर्विवाहलाई राम्रो नजरले हेरिदैन ।  तर एक छोराले आफ्नो आमाको दोस्रो विवाहलाई लिएर शुभकामना दिएपछि गोकुल श्रीधर नाम गरेका छोरा अहिले चर्चामा छ्न्। कोलम जिल्ला निवासी हुन् श्रीधरले फेसबुकमा आफ्नो आमाको लागि भावुक पोष्ट लेखेका छन् । गोकुलका पिताले उनको आमालाई सम्बन्धबिच्छेद गरेका थिए । जसकारण उनको आमाले दोस्रो विवाह गरिन् ।

गोकुल श्रीधरले लेखे , ' यो मेरो आमाको विवाह थियो। मैले धेरै सोचे कि के यस प्रकारको नोट लेख्नुपर्छ । अन्तत यो यस्तो समय हो जब धेरै मानिसहरु दोस्रो विवाहलाई स्विकार गर्न सक्दैनन् । जुन मानिसहरुलाई सन्देह, दया र घृणाको नजर छ, कृपया यहाँ नजर नडाल्नुहोला। यदि हेर्नुभएपनि केहि बिग्रने छैन ।'

यसका साथै गोकुल लेख्छन् , 'एक महिला, जसले आफ्नो सम्पूर्ण जीवन मेरोलागि समर्पण गर्नुभयो, उहाँले आफ्नै वैवाहिक जीवनमा धेरै कुरा सहनुभयो । मेरा बुबाको कुटपिटपछि जब उहाँको टाँउकोबाट रगत बग्थ्यो तब म प्राय सोध्थे कि किन यस्तो झेलिरहनुभएको छ। मलाई थाहाँ छ उहाँले मलाई भन्नुभयो कि उहाँ मेरो लागि दुख सहन तयार हुनुहुन्छ। किनभने उहाँ मेरो लागि बाचिरहनुभएको थियो । त्यो दिन, जब मैले उहाँसँगै घर छोडे, मैले यो निर्णय गरेको थिए।'

गोकुल अघि लेख्छन्, ' मेरो आमा, जसले मेरो लागि पूरै जवानीलाई अलग गर्नुभयो, उहाँको पनि धेरै सपना र विचार होलान । मलाई धेरै केहि भन्नु छैन । मलाई महसुस भएको छ कि यी सबै लुकाएर राख्नु आवश्यक छैन । आमा, विवाहको शुभकामना ।' छोराले आफ्नो आमाको लागि लेखिएको यस मलाया पोष्ट फेसबुकमा निकै शेयर भएको छ ।

मंगलबार उनले पोस्ट गरेको सन्देशमा तीन हजार तीन सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने उक्त पोस्टलाई ४ हजार दुईसय भन्दा बढीले शेयर गरेका छन् । तस्वीरमा ३८ हजारले लाइ गरेका छन् ।

गोकुल श्रीधर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ